वाग्मतीको प्यूटारमा प्रत्येक शनिबार हाट बजार खुल्ने
नेपालबहस संवाददाता
असोज १७, २०७८ आइतबार १८:५५:१७
१७ असोज, ललितपुर । भौगोलिक दृष्टिले अति विकट मानिने दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–४ प्यूटारमा प्रत्येक शनिबार हाट बजार खुल्ने भएको छ ।
स्थानीयस्तरमा उत्पादित फलफूलका साथै तरकारी तथा अन्यबाली खरिद बिक्रीका लागि सो बजार सञ्चालन गर्न लागिएको हो । वाग्मतीका साथै नजिकै रहेका गाउँवासीको समेत उत्पादन संकलन गरी बजारमा बिक्री गर्न राखिने वडाध्यक्ष नारायणबहादुर घलेले बताए ।
उनले भने, “सुरुआतका केही समयमा हप्ताको एक दिन मात्रै बजार खुलाउने छलफल भएको छ, किसानको आर्थिकस्तर उकास्न १० कोठाको ट्रस्ट निर्माण गरी शनिबार मात्रै उद्घाटन गर्याैँ ।” सो बजारको आठ कोठामा शनिबार मात्रै स्थानीयस्तरमा उत्पादित कोदो, फापर, गुन्द्रुक, चिया, कफी, मकै, धान, मासु, फलफूल, तरकारी र लत्ताकपडा आदि बस्तु राखेर बिक्री गरिएको घलेले जानकारी गराए ।
उक्त बजारमा कान्ति लोकपथको सहयोगले हेटौँडाका साथै मकवानपुरवासीसमेत ताजा सामान खरिद गर्न आउने स्थानीय दीपक घिमिरेले बताए । उनले भने, “बजार चलाएसँगै नौला वस्तु उत्पादनमा समेत जोड पुग्ने भएको छ ।”
वाग्मतीको लगभग २५ प्रतिशत खेतीयोग्य जमिनमा थरिथरिका तरकारी अनि फलफूलका साथै बाली उत्पादन हुने गरेकाले सो बजार सञ्चालनले किसानको जीवन उकासिने भएको कृषि विकास शाखा प्रमुख सुवास खनालले बताए। उनले भने, “यस स्थानको तरकारी भण्डारणका लागि तीन ठाउँमा सङ्कलन केन्द्रका साथै अर्को एक स्थानमा पाँच हजार किलो अट्ने एक शीत भण्डारको पनि व्यवस्था छ ।”
यसैगरी गाउँपालिकाले गत भदौ ४ गतेदेखि सोही वडाबाट यहाँका ताजा तरकारी सङ्कलन गरेर मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारमा बिक्री गराउनाका साथै ११ गतेदेखि गाउँपालिकाका खेतीयोग्य जमिनको गुण कस्तो छ र अब कस्ता प्रकारका खेती फस्टाउँछ भन्ने जानकारी हासिल गर्न डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भूगोल र हावापनी सुहाउँदो खेती गरी गाउँवासीलाई आत्मनिर्भर बनाउँदै लैजाने योजना सार्वजनिक गरेको थियो । गाउँपालिकाले कृषिलाई थप आधुनिकिकरण, यान्त्रीकरण र विशिष्टीकरण गरी उत्पादकत्व तथा उत्पादन वृद्धि गर्नाका साथै बजार व्यवस्थापन, बाँझो जमिन उपयोग र जनशक्ति व्यवस्थापन जस्ता कार्य सञ्चालन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
गाउँपालिकाले ‘कृषि उत्पादन र उत्पादकत्वमा वृद्धिः वाग्मती गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई आत्मसाथ गर्दै सो वडामा कृषि हाट बजार सञ्चालन गर्ने जानकारी गराएअनुरुप उक्त काम सुरु गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार