३० आश्विन २०७८, शनिबार
गृह मन्त्रालय
नयाँ रोजगारी

डडेलधुरासहित ११ जिल्लाका सीडीओ हेरफेर, को कहाँ ?

प्रकाशित मिति :  १७ आश्विन २०७८, आईतवार १६:५७


Singha Durbar administrative court

१७ असोज, काठमाडौं । सरकारले डडेलधुरासहित ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी ‘सीडीओ’ हेरफेर गरेको छ । गृह मन्त्रालयका अनुसार सहसचिवसहित १६ जनाको सरूवा भएको छ। यीमध्ये ११ जना सिडिओ रहेका छन्।

गृह मन्त्रालयका सहसचिव कमलराज ढकाललाई भोजपुरको सिडिओ बनाइएको छ। गृहकै सहसचिव जयनारायण आचार्यको जिल्ला प्रशासन कार्यालय कास्कीमा सरूवा भएको हाे ।

यस्तै टिकापुरको इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव मोहनराज जोशीलाई डडेलधुरामा सीडीओ बनाइएको छ । डडेलधुराका सीडीओ रहेका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ ।

मन्त्रालयले सहसचिव कमलराज ढकाललाई भोजपुर र सहसचिव जयनारायण आचार्यलाई कास्कीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ । कास्कीमा प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतम गृह मन्त्रालय तानिएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा