“बाघ बन्न चाहने बिरालो” प्रकाशित
नेपालबहस संवाददाता
असोज १८, २०७८ सोमबार २०:५५:२५
१८ असोज, काठमाडौं । जेन लिरोई र विरेन्गेरी देलापोर्टको बाल पुस्तक “बाघ बन्न चाहने बिरालो” नेपालीमा प्रकाशित भएको छ । कथालय इन्कद्धारा प्रकाशित यो पुस्तकको नेपाली अनुवाद बिनोद भण्डारीले गरेका छन् ।
पुस्तक पाटे नामक बिरालोमा आधारीत छ, जो बाघ बन्ने सपना देखिरहेको हुन्छ । वास्तवमा पाटे बाघ जस्तो हुन चाहन्छ । तर उसको त्यो सानो बिरालो अनुहारले उसलाई झस्काउँछ । कहिलेकाहीँ पाटेलाई आफ्नो छायाँले मात्र आफु बाघजस्तो छु भन्ने भान गराउँछ।
एक दिन पाटेको मालिकलाई पाटेको व्यवहार अनौठो लाग्छ र मालिक उसलाई चिडियाखाना लैजाने निर्णय गर्छ । त्यहाँ पाटेले बाघ देख्छ । “ओहो ! बाघ हुनु भनेको त गर्जेर चिडियाखाना आउने मानिसलाई तर्साउनु, डराउँदै हेर्ने मान्छेहरुको अगाडि काँचो मासु खानु, यो त मेरो जीवनकै सपना हो।” भनेर सोच्छ ।
बालबालिकामा पुस्तक पढेपछि आफुले सोचेको र चाहेको काम मिहिनेतसाथ गर्यो भने पक्कैपूरा हुनसक्छ भन्ने हौसला दिन्छ । कथालय इन्क द्धारा प्रकाशित यो चित्रकथा ३२ पृष्ठको छ । यस पुस्तकको मुल्य २२५ रुपैँया रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
पोखरामा नाट्यसम्राट बालकृष्ण समको जन्मजयन्ती मनाइँदै
माघ २५, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार