३० आश्विन २०७८, शनिबार

लाभांश पारित गर्न साधना लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

प्रकाशित मिति :  १८ आश्विन २०७८, सोमबार १६:५६


१८ असोज, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित गर्नको लागि साधारण सभा आह्वान गरेको छ । लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पाँचौं बार्षिक साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितीको बैठकले बार्षिक साधारणसभा कार्तिक १३ गते शनिबार होटल गोरखा बिसौनि गोरखामा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको हो । कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि कार्तिक ३ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

 

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा