३० आश्विन २०७८, शनिबार

मेरो माइक्रोफाइनान्सद्वारा २१.०५ प्रतिशत लाभांश प्रस्ताव

प्रकाशित मिति :  १९ आश्विन २०७८, मंगलवार ११:५०


१९ असोज, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत वर्षको मुनाफाबाट शेयरधनीलाई कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनसमेत गरी कुल २१ दशमलव दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा