डोटीमा कुष्ठरोगीको संख्या थपिए
नेपालबहस संवाददाता
असोज १९, २०७८ मंगलबार २१:१२:१०
१९ असोज, डोटी । जिल्लामा बर्सेनि कुष्ठरोगीको संख्या थपिँदै जान थालेको छ । जिल्लाभरिमा थप पाँचजना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
डोटीमा गतवर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठरोग देखिएपछि अहिले जिल्लामा कुष्ठ रोगीको संख्या १२ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को सुरुमै जिल्लामा पाँच नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्क अधिकृत महेश बोहराले बताए । उनले भने, “जिल्लामा बर्सेनि कुष्ठरोगीको संख्या थपिँदै गएको छ । कुष्ठ रोग अन्त गर्नमा समस्यासहित चुनौती थपिएको छ ।”
स्वास्थ्य कार्यालयका अनुसार नयाँ फेला परेका कुष्ठरोगीमा जोरायल गाउँपालिकामा एक, शिखर नगरपालिका एक, दिपायल सिलगढी नगरपालिकामा तीन छन् । जिल्लामा कुष्ठरोग सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदै आए पनि यहाँका गाउँघरमा कुष्ठरोगी अझै लुकिछिपी बस्ने गरेका कारण यहाँको कुष्ठरोग अन्त हुन नसकेको चिकित्सक बताउछन् ।
स्वास्थ्यका अनुसार जिल्लामा दुईवर्ष यतादेखि कुष्ठरोगीको सङ्ख्या थपिँदै गएको पाइएको छ । गतवर्ष जिल्लाका केआईसिंह गाउँपालिकामा एक, शिखर नगरपालिकामा दुई, पूर्वीचौकी गाउँपालिकामा एक, दिपायल सिलगढी नगरपालिकामा दुई र बडिकेदार गाउँपालिकामा एक कुष्ठरोगका बिरामी फेला परेका थिए ।
जिल्लाका विभिन्न स्थानमा चर्मरोग सम्बन्धी विभिन्न शिविर सञ्चालन गरेका कारण अहिले कुष्ठरोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले जानकारी दिए ।
कुष्ठरोगीको संख्या थपिँदै जान थालेपछि स्वास्थ्य कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका नौ वटै स्थानीय तहमा बिरामी पहिचानका लागि ‘स्क्रिनिङ क्याम्प’ गर्ने योजना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए ।
नेपाल सरकारले कुष्ठरोगमुक्त नेपालको परिकल्पना गर्दै सन् २०२० मा कुष्ठरोग प्रकोप दर प्रति दश हजारमा एक भन्दा कम गर्ने लक्ष्य राखेपनि डोटीमा कुष्ठरोगीको संख्या थपिँदै जान थालेपछि उक्त लक्ष चुनौतीका रुपमा लिइन थालिएको छ । बिरामीको स–सम्मान स्वास्थ्य उपचार गर्ने वातावरण सिर्जनाका लागि चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार