ज्येष्ठ नागरिक आवास गृह अलपत्र
नेपालबहस संवाददाता
असोज १९, २०७८ मंगलबार २२:४०:५३
१९ असोज, सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–४ मा निर्माणाधीन ज्येष्ठ नागरिक आवास गृह अलपत्र परेको छ । संघीय सरकारको रु एक करोड २५ लाखको लागत अनुमानमा निर्माण सुरु भएको सो गृह बजेट अभाव, कोरोना महामारी र वर्षाको बाहना बनाउँदै निर्माण कार्य बीचैमा छोडेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि अलपत्र परेको हो ।
सङ्घीय सरकारको लगानीमा सहरी विकास तथा भवन कार्यालय जनकपुरको निगरानीमा रुपा कन्सट्रक्सन प्रालि जनकपुरले निर्माणका लागि ठेक्का सकारेको थियो । सो १४ कोठे भवन, शौचालय तथा मेस घरसमेत निर्माण गर्ने भनी ठेक्का भएको थियो ।
स्थानीय ज्येष्ठ नागरिकहरुलाई धेरै राहत पुग्ने थियो तर समय छ, समय छ भन्दै ठेकेदारले काममा ढिला गरेको स्थानीयवासी शिवशङ्कर यादवले बताउनुभयो । बजेट अभावका कारण निर्माण कार्य सम्पन्न नभएको र नगरपालिकाले पहल गरेर रु ४०/४५ लाख बजेट व्यवस्था गरेको साथै बजेट व्यवस्थापनका लागि पहल भइरहेको मलङ्गवा नगरपालिका–४ का वडाध्यक्ष रवीन्द्र रायले बताए ।
असार मसान्तसम्ममा काम सक्नुपर्ने भनी ठेक्का लागेको भए पनि सङ्घीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरेका कारण सो गृहको निर्माण कार्य सम्पन्न नभएको सहरी विकास तथा भवन कार्यालय जनकपुरका डि।इं विनोदकुमार यादवले बताए ।
भवनको बाहिरी संरचना निर्माण अन्तिम चरणमा भए पनि प्लाष्टर गर्ने काम, झ्याल ढोका लगाउने र वरिपरि पर्खाल लगाउने लगायतका भित्री धेरै काम बाँकी रहेको छ । नजिकै पोखरी रहेको र भवनको वरिपरि पर्खालसमेत निर्माण नहुँदा भवन निर्माण सम्पन्न भए पनि जोखिमपूर्ण रहेको स्थानीयवासी कृष्ण महतोको भनाइ छ ।
यता, कोरोना महामारी, वर्षाको समय र बजेटको व्यवस्था नगरेका साथै म्याद थप नगरेका कारण ज्येष्ठ नागरिक आवास गृह समयमै निर्माण सम्पन्न नभएको निर्माण कम्पनीले बताएको छ । यससहित सर्लाहीमा पाँच ज्येष्ठ नागरिक आवास गृहका लागि सङ्घीय सरकारले लगानी गरेको थियो । त्यसमध्ये केही निर्माणाधीन अवस्थामा छन् भने केही भवनहरुको निर्माण कार्य सम्पन्न भइसकेको सहरी विकास तथा भवन कार्यालय जनकपुरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार