यो वर्षको दशैं बिदामा विद्यालय सञ्चालन गर्न निर्देशन
नेपालबहस संवाददाता
असोज १९, २०७८ बुधबार ४:३२:४३
कल्पना बोहरा
१९ असोज, अछाम । जिल्लाको चौरपाटी गाउँपालिकाले दशैं बिदा घटाएर पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष हर्कबहादुर साउँदको अध्यक्षतामा बसेको बैठकले घटस्थापनादेखि कार्तिक १ गतेसम्म मात्र विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दशैं बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष साउँदले जानकारी दिए ।
उनका अनुसार सामुदायिक विद्यालयमा विगतका वर्ष जस्तो दशैं बिदा नदिइने र घटस्थापना देखि कार्तिक १ गतेसम्म मात्र बिदा दिइने छ । कार्तिक २ गतेदेखि विद्यालय नियमित सञ्चालन गरिने भएकोले दशैं लगत्तै विद्यालय फर्केर पठन पाठनलाई निरन्तरता दिन सम्पूर्ण शिक्षकहरूलाई गाउँपालिकाले आग्रहसमेत गरेको छ । यस अघिका वर्षमा घटस्थापना देखि दीपावलीको पछिल्लो दिन सम्म बिदा दिइने गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याएको पाइए कारबाही गरिने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार