३० आश्विन २०७८, शनिबार

हिमालयन रि इन्स्योरेन्सले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कात्तिक १२ गते बोलायो साधारण सभा

प्रकाशित मिति :  २० आश्विन २०७८, बुधबार १३:३८


२० असोज, काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले कात्तिक १२ गते, होटल अलफ्ट, ठमेलमा प्रथम वार्षिक साधारण सभा बोलाएको हो। हिमालयन रि इन्स्योरेन्सको सभा अपरान्ह ५ बजे शुरु हुनेछ।

सभाले आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा