बागलुङ बजारको आवासीय घरमा पेट्रोल पम्प !
नेपालबहस संवाददाता
असोज २०, २०७८ बुधबार २०:१४:१९
◊खेमराज गौतम
२० असोज, गलकोट । बागलुङ बजारको आवासीय घरमा पेट्रोल पम्प राखिएको छ । बागलुङ नगरपालिकाले आवासीय घर भनेर निर्माण गर्न अनुमति दिएका स्थानमा पम्प सञ्चालन गरिएको जनाइएको छ । निर्माण सम्पन्न लिने समयमा पेट्रोल पम्प राखिदा घर सम्पन्नताको प्रमाणपत्रसमेत नगरपालिकाले दिएको छैन ।
बजारको न्यू धौलागिरि इन्टरप्राइजेजले केही साताअघि मात्रै आवासीय घरमा पेट्रोल पम्प स्थापना गरी बिक्री वितरण थालेको छ । पेट्रोल पम्पमाथि होटल पर्वसमेत सञ्चालन गरिएको छ । यो आफैमा जोखिमपूर्ण हुने सरोकारवाला बताउँछन् । सुरुमा छाप्रोबाट सञ्चालनमा आएको पम्प अहिले आवसीय घरमा सारिएको छ ।
मापदण्ड अनुसारको घर निर्माण नगरेको र आवासीय घरमा पेट्रोल पम्प राखेपछि भवन पास नगरिएको नगरपालिकाका इञ्जिनीयर गौरव शर्माले जानकारी दिए । “आवासीय घर बनाउन अनुमति दिएका हौं, पछि पेट्रोल पम्प सञ्चालन प्रयोजनमा लागे, हामीले अनुमति नदिएर पटक–पटक पेट्रोलपम्प नराख्न आग्रह गरेका थियौं” उनले भने, “पेट्रोल पम्पको मापदण्ड के हो रु त्यो आयल निगमले हेर्ला तर आवासीय भनेर निर्माण गरेको घरमा पेट्रोल पम्प राख्न पाइदैन, अझ होटलनै सञ्चालनमा आएको समेत सुनेका छौं ।”
अहिलेसम्म नगरपालिकाले भवन पास गरेको छैन । नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ बिक्रेता, विनियमावली, २०७५ अनुसार बिक्री केन्द्रमा स्थापनाका लागि आवश्यकमापदण्ड अनुसार उक्त पेट्रोल पम्प नरहेको पाइएको छ ।
उक्त पम्प पेट्रोलपम्प स्थानान्तरण गर्दा नयाँ नियमावली २०७५ सक्रिय भए पनि पम्पले पुरानो मापदण्ड अनुसारको भन्दै पम्प स्थानान्तरण गरेको छ । नियमावलीमा नगरपालिकाभित्र जुनसुकै सडक भए पनि ३० मिटर मोहोडा र कम्तीमा दुई रोपनी जग्गा हुनुपर्ने, अण्डरग्राउड ट्याङ्की खुल्ला स्थानमा रहनुपर्ने, ट्याङ्कीमाथि कुनै किसिमको घर, टहरा निर्माण गर्न नपाइने स्पष्ट व्यवस्था छ ।
पेट्रोल पम्पलाई आयल निगमले बेला बेलामा अनुगमन गरी मापदण्डमा ल्याउने गर्नुको साटो बेवास्ता गर्दै आएको नगर प्रमुख जनकराज पौडेलले बताए ।
उनले पेट्रोल पम्प राखेको भवन नगरपालिकाले पास गर्न नसक्ने बताउछन् । विक्री केन्द्रका छेउछाउमा पर्खाल लगाएको हुनुपर्ने, विक्री स्थलमा महिला पुरुष शौचालय र पार्किङ लगायतको सुविधा हुनु पर्नेमा उक्त पूर्वाधारको समेत पेट्रोल पम्पमा अभाव रहेको पाइएको छ ।
नगरपालिकाले आवासीय घर भनेर पाँच तलाको अनुमति दिए पनि अहिले उक्त भवन छ तला निर्माण समेत गरिएको छ । पेट्रोल पम्पका सञ्चालक हरिबाबु सापकोटाले आफ्नो पेट्रोलपम्प मापदण्ड अनुसारकै रहेको जिकिर गरे ।
विसं २०५१ मा अनुमतिपत्र ल्याएका कारण आफ्नो पेट्रोलपम्प सोही मापदण्ड अनुसारको भएको उनको दाबी छ । आफ्नो दुई रोपनी जग्गा भएको र मोहोडाकोसमेत मापदण्ड पुग्ने उहाँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार