३० आश्विन २०७८, शनिबार

कर्णाली प्रदेशसभाका २७ सांसदहरूले दशैंभत्ता लिए

प्रकाशित मिति :  २० आश्विन २०७८, बुधबार १४:३७


२० असोज, सुर्खेत । कर्णाली प्रदेशसभाका २७ सांसदहरूले दशैंभत्ता लिएका छन् । कर्णाली प्रदेशसभाका सदस्यदेखि पदाधिकारीले दसैँभत्ता लिएका हुन् ।

कर्णाली प्रदेशसभाका २७ जना सांसद र उनीहरूका स्वकीय सचिव, सभामुख उनका सहयोगीहरूलाई एक महिना बराबरको दशैंभत्ता दिएको प्रदेशसभा सचिवालले जनाएको छ ।

कर्णाली प्रदेशसभामा ३५ सांसद छन् । त्यसमध्ये आठजना मन्त्री भएकाले उनीहरूलाई दशैंभत्ता नदिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत यामबहादुर विसीले बताए ।

प्रदेशसभा सभामुखले ५३ हजार, विपक्षी दलका नेता र उपसभामुखले ५० हजार, सत्ता पक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक, विभिन्न समितिका अध्यक्ष लगायतले ४८ हजार तलब खादै आएका छन् । प्रदेश सभा सांसदहरूको ४५ हजार तलब छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा