३० आश्विन २०७८, शनिबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सले गर्यो बाग्लुङ र बेनीमा बीमा सम्बन्धी जनचेतना कार्यक्रम

प्रकाशित मिति :  २० आश्विन २०७८, बुधबार १५:०१


२० असोज, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाबीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम बाग्लुङ र बेनीमा आज सम्पन्न गरेको छ।

यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत ‘युवा संग – महालक्ष्मी लाईफ’ कार्यक्रम
सम्पन्न भएको हो । उक्त कार्यक्रममा १०५ जना विद्यार्थीहरु सहभागि भएका थिए ।

प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालु मन्तव्य राखेका थिए । सावित्रा खत्रीले संचालन

गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिए ।

यसै क्रममा हिजो आश्विन १९ गते धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि ‘युवासंग –महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।

२५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गर्नु भएको थियो । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले संचालन गर्नु भएको कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका हुन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा