३० आश्विन २०७८, शनिबार
दशैं सुरु
बाग्मती प्रदेश

आजदेखि सार्वजनिक यातायातलाई रुट परमिट नचाहिने, उपत्यकामा चल्ने बस पनि लामो दूरीमा चलाउन सकिने

प्रकाशित मिति :  २१ आश्विन २०७८, बिहीबार ०८:३६


२१ असोज, काठमाडौं । दशैं सुरु भएसँगै सरकारले सार्वजनिक यातायातको रुट परमिट ‘सडक अनुमति’ हटाएको छ । दशैंका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन आज बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

योसँगै अब यात्रुवाहक सवारीसाधन मुलुकका जुनसुकै ठाउँमा जान सक्नेछन् । त्यसका लागि सरकारसँग रुट परमिट लिनु पर्दैन । अब काठमाडौं उपत्यकासहित छोटो दुरीका सवारीसाधन पनि लामो दुरीका लागि प्रयोग गर्न सकिन्छ ।

धेरै यात्रु एकैपटक उपत्यका बाहिर जाने भएकोले दशैंमा सवारीसाधन अपुग हुन्छन् । जसकारण रुट परमिट खुल्ला गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा