३० आश्विन २०७८, शनिबार

१४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा

प्रकाशित मिति :  २१ आश्विन २०७८, बिहीबार १०:१९


२१ असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले साधारण सभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न कात्तिक २६ गते साधारण सभा बोलाएको हो ।

बैंकले कात्तिक २६ गते, होटल पोखरा ग्राण्ड, पार्दि पोखरामा तेइसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा भिडियो कन्फ्रेन्स मार्फत सहभागि हुने शेयरधनीहरुलाई जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि गरिएको सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा