३० आश्विन २०७८, शनिबार

१५ लघुवित्तले गरे लाभांश घोषणा, कुनको कति ?

प्रकाशित मिति :  २१ आश्विन २०७८, बिहीबार १७:०७


२१ असोज, काठमाडौं । हालसम्म १५ लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । १५ लघुवित्त कम्पनीहरुले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गर्नेमा सबैंको लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, मेरो माइक्रोफाइनान्स, एनआईसी एशिया लघुवित्त, स्वाभिमान लघुवित्त, आरएसडीसी लघुवित्त, गुराँस लघुवित्त, सिभिल लघुवित्त, लक्ष्मी लघुवित्त, आशा लघुवित्त, साधना लघुवित्त, स्वरोजगार लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय सस्था र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

यी १५ कम्पनीमध्ये सबैभन्दा बढी स्वाभिमानले ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३२.३० प्रतिशत बोनस शेयर र १ दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यी १५ वटै कम्पनीको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा