३० आश्विन २०७८, शनिबार

लोअर इर्खुवा हाइड्रोपावरले २१ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

प्रकाशित मिति :  २२ आश्विन २०७८, शुक्रबार ११:२४


२२ असोज, काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ७ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई र २० प्रतिशत अर्थात् १४ लाख आईपीओ सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । इर्खुवा हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीकोतर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र क्यापिटलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कविचन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल कम्पनीको अधिकृत पुँजी ९० करोड, जारी पुँजी ७० करोड र चुक्ता पुँजी ४९ करोड रहेको छ । आईपीओ निष्कासनपश्चात यसको पुँजी ७० करोड पुग्नेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा