कांग्रेसको चौधौं महाधिवेशन र वैचारिक पुनर्जागरण
इन्द्र रिजाल
असोज २३, २०७८ शनिबार १८:३१:५८
नेपाली कांग्रेसको चौधौं महाधिवेशन नयाँ नीतिगत मार्गदर्शन, जनताका लागि उत्साहजनक सन्देश र नयाँ नेतृत्व जन्माउने प्रसव वेदनामा छैन, पार्टी हत्याउने र आफू सर्वेसर्वा भाले हुने ‘नेता’ भनाउँदाहरूको स्वार्थी छटपटीमा फसेको छ ।
पार्टीका निष्ठावान र लोकप्रिय नेता तथा कार्यकर्ताहरूले खोजेको, नारा होइन निष्ठा, विकल्प होइन संकल्प, आश्वासन होइन कटिबद्धता, बासी विचार होइन नवीन मार्गदर्शन, छिपछिपे ज्ञान र टालटुले समाधान होइन, निःस्वार्थ संकल्पका साथ अहिलेको रुग्ण अवस्थाबाट सशक्तताको काँचुली फेर्न जीवन्त र दुरदर्शी नेतृत्वको खोजी हो । एकल नेतृत्वका नाममा कसैको एकलौटी होइन सामुहिक नेतृत्व, गुटप्रधान होइन संस्था प्रधान पार्टी बनाउने उनीहरूको सपना ओझेलमा परिसकेको छ ।
पार्टीका संस्थापक नेताहरूमा रामायणको स्वभाव थियो, राजा बन्न भाईहरूबीच झगडा नगर्ने । तर आजको नेतृत्व महाभारतको स्वभावमा छ, राजा हुन दाजुभाईकै बीच नलडी नछोड्ने ।
युगान्तकारी परिवर्तनको नेतृत्व गर्दैआएको लोकतान्त्रिक पार्टी ऐतिहासिक राष्ट्रिय शक्तिको मियो, जनविश्वास र भरोसाकेन्द्र आज प्रतिरक्षात्मक अवस्थामा पुग्नु र कांग्रेसको त्यो हैसियत लुप्त हुँदै गएर कम्युनिस्टहरूका हातमा पुगेको छ । खासगरी २०६३ यता कांग्रेसको आचरण, पहिचान र भूमिका युगसापेक्ष चिन्तन, रणनीति र नेतृत्वभन्दा पनि कम्युनिस्टको सहायक वा उसको वैशाखीको सहारामा टिकेजस्तो देखिएको छ । कांग्रेस र कम्युनिस्टका बीच कुनै अन्तर छैन, उस्तै हुन् भन्ने खालको भ्रम जनतामा व्याप्त छ । पार्टीका केन्द्रीय विभागहरू, भातृसंस्थाहरू, जिल्ला र स्थानीय स्तरमा विधिविहिन नियुक्ति, सक्रिय सदस्यताको मनपरी वितरण हुँदैछ । अर्कोतिर, सरकारको नेतृत्वदायी भूमिकामा पार्टी अकर्मन्य देखिएको छ ।
पार्टी बुद्धि–विवेक, सिद्धान्त, नैतिकता, साख र जनविश्वासले चल्ने हो । फगत अनुहारले होइन, पुस्तान्तरको समावेशिताले नै पार्टीको पूर्णता हुन्छ । कांग्रेसको समस्या नेतृत्वमा उमेरको हिसाब होइन वैचारिक जागरुकता र न्यायोचित व्यवहार–कुशलताको हो । पार्टीका संस्थापक नेताहरूमा रामायणको स्वभाव थियो, राजा बन्न भाईहरूबीच झगडा नगर्ने । तर आजको नेतृत्व महाभारतको स्वभावमा छ, राजा हुन दाजुभाईकै बीच नलडी नछोड्ने ।
नेतृत्वको नीतिगत अस्पष्टता र दुर्बलता, चरम स्वार्थ, गुटगत कार्यशैली र अलोकतान्त्रिक आचरण नै श्रृङ्खलाबद्ध कमजोरी र दोष हुन् ।महाधिवेशनको चट्टारोमा पार्टीभित्र सभापति, उपसभापति, महामन्त्रीजस्ता महत्वपूर्ण पदाधिकारी बन्ने आकांक्षीहरू बर्खे–च्याउ उम्रेजत्तिकै छन् । तर पार्टीलाई परिवर्तन, सुसंगठित र जागरुक बनाएर आफ्नो कार्यकालमा कहाँ पुर्याउने भन्ने एजेन्डा, योजना, संकल्प र लक्षको ब्लुप्रिन्टसहित प्रस्तुत हुने कुरामा सर्वत्र सन्नाटा छ ।
काम गर्नेभन्दा कुरा गर्ने ठीक, कुरा गर्नेभन्दा कुरा लगाउने (मन्थरावृत्ति) झन् ठीक ठान्ने विकृति नै आजको संकटको मूलजड हो । समाजको आख्यान नै छ, ‘सय भारी खर काट्नेभन्दा सयभारी खर पोल्ने प्रिय हुने ठाउँमा न्याय पोलिएको हुन्छ ।’
पार्टीहरू जनताको आवश्यकता र चाहनाका संवाहक हुन्, मनपरि गर्ने अखडा होइनन् । त्यसैले अब भजमने तालले चल्दैन, जत्रो र जस्तो पनि सत्य बोल्ने निर्भिकता, त्याग र भीष्मप्रतिज्ञा गर्न तयार हुनुपर्छ, जो सबैको मार्गदर्शन बनोस् । कोरा नारा र निरपेक्ष जपनाले लोकतन्त्रवादी बनिंदैन, लोकतन्त्र जनताको स्वामित्व र चाहनामा चल्नुपर्छ । सिद्धान्तहिन संकीर्ण गुटबाट उठेको नेतृत्वबाट पार्टी, समर्थक समाज र राष्ट्रले अपेक्षा गर्न सक्दैनन् ।
सिद्धान्त र नैतिकता बिर्सेको पार्टी विचारहीन र स्वार्थीहरूको झुण्डमात्र हुन्छ । वैचारिक विविधता, जनचासो, राष्ट्रिय सरोकार र महत्वपूर्ण एजेण्डामा बहस हुनु र विचार समुह बन्नु स्वाभाविकै हो । तर विचार र लक्षविहिन स्वार्थका गुटबाजी, पार्टीलाई सिकिस्त र मरणासन्न बनाउने चरित्र हो । गुटबन्दी र विगतमा ६० र ४० को भागबण्डाले कांग्रेसलाई थप स्खलित र बदनाम गरायो । तैपनि भागबण्डे मनोवृत्तिमा सुधार देखिएन ।
अबको नेतृत्वले गुटबाजी र भागबण्डालाई अन्त्य गर्दै योग्यताको कदर गर्ने (मेरिटोक्रेसी) को परम्परा बसाउनै पर्छ । नत्र कार्यक्षेत्रमा मरिमेटेर काम गर्ने पराक्रमी कार्यकर्ता सँधै उपेक्षा र अन्यायमा पिल्सिरहने, परिक्रमा गर्ने चाकरीकर्ताले हालिमुहाली गर्ने विकृतिको कहिल्यै अन्त्य हुँदैन । काम गर्नेभन्दा कुरा गर्ने ठीक, कुरा गर्नेभन्दा कुरा लगाउने (मन्थरावृत्ति) झन् ठीक ठान्ने विकृति नै आजको संकटको मूलजड हो । समाजको आख्यान नै छ, ‘सय भारी खर काट्नेभन्दा सयभारी खर पोल्ने प्रिय हुने ठाउँमा न्याय पोलिएको हुन्छ ।’
एउटा कांग्रेसको अवसानमा अर्को कांग्रेसले जीवन देख्ने, सिंगो पार्टीलाई छलेर अँध्यारो कोठामा सीमित गिरोहको स्वार्थ, रुचि र लहडमा चल्ने, त्यसको मूल्य र असरचाहिं लोकतन्त्र र पार्टीले बेहोर्नुपर्ने जस्ता असंगति र विकृतिलाई प्रश्रय दिने प्रवृत्तिको निर्ममताका साथ अन्त्य र नयाँ शक्ति र उर्जासहितको कांग्रेस निर्माण चौँधौं महाधिवेशनको लक्ष हुनुपर्छ ।
आज राज्यले आफ्नो गरिमा र लोकतान्त्रिक छवि धेरै गुमाएको छ, असफल राज्यको खतरा अझ बढ्दैछ । स्वतन्त्र न्यायपालिका, संवैधानिक अङ्ग, कर्मचारी संयन्त्र, प्रेस स्वतन्त्रता, नागरिकको शान्ति सुरक्षाको नैसर्गिक हकमाथि निरन्तर चुनौती छ । सत्तामा गएपछि जिउँदै स्वर्ग जाने पुल हालिदिने खालका भ्रामक आश्वासन बाँडेर विपन्न र सिदासादा जनताको मत पाएको नेकपा (एमाले) को दुष्परिणाम उसैले भोगिरहेको छ । अधिनायकवादी नियत र गतिविधिले लोकतान्त्रिक पद्धति चल्दैन, चलेन । अधिनायकवादको मानसिकता लिएर बहुदलीय लोकतन्त्रको अभ्यासमा सामेल हुनु मस्जिदका मौलवीले पशुपतिनाथको मन्दिरमा कुरानका आयत पढेर पशुपतिनाथको बरदान खोजेजस्तै हुन्छ । कांग्रेस नेतृत्वले हेक्का राखोस् ।
सुशासन र पारदर्शिताको पहिलो पाठशाला नै पार्टी हो । दण्डहिनता र भ्रष्टाचारबिरुद्ध निर्णायक अभियानको उत्साह र उत्प्रेरणा अबको कांग्रेस–नेतृत्वको प्रतिबद्धता हुनुपर्छ र देशव्यापी अभियान चलाउने प्रमुख एजेन्डा हुुनुपर्छ । हावादारी गफ, आडम्बरी र नाटकी भाषा होइन, निष्ठापूर्ण क्रियाशीलता आवश्यक छ । जनताले कांग्रेसलाई व्यवहारको कसीबाटै लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा देख्न चाहन्छन् ।
अनुहार, गुटगत घेरा, स्वार्थ, व्यक्ति र विरासतभन्दा माथि उठेर वैचारिक प्रतिबद्धतायुक्त नेतृत्वको खोजी कांग्रेसको आवश्यकता हो । यसको लागि दृढ विचार, संयोजन क्षमतायुक्त नेतृत्वको छनौट को वा कुन गुटको भन्दा पनि निस्वार्थ संकल्पका साथ हुनुपर्छ । नत्र, सबैका निम्ति कठोर भएर आउने नियतिको बज्रपात कांग्रेसको निम्ति पुष्पबृष्टि हुने अपेक्षा गरेको मूर्खतामात्र पुष्टि हुनेछ ।
मुलुक तहसनहस बनाईरहेको वर्तमान अस्तव्यस्तता, कुशासन, दण्डहिनता र भ्रष्टाचारलाई दीर्घायु बनाउन मुकदर्शक वा सहायक हुने, यसबिरुद्ध संघर्षको हिम्मत नै नगर्ने, यसैमा आफ्नो ‘सुअवसर’को सम्भावना देख्ने, एउटा कांग्रेसको अवसानमा अर्को कांग्रेसले जीवन देख्ने, सिंगो पार्टीलाई छलेर अँध्यारो कोठामा सीमित गिरोहको स्वार्थ, रुचि र लहडमा चल्ने, त्यसको मूल्य र असरचाहिं लोकतन्त्र र पार्टीले बेहोर्नुपर्ने जस्ता असंगति र विकृतिलाई प्रश्रय दिने प्रवृत्तिको निर्ममताका साथ अन्त्य र नयाँ शक्ति र उर्जासहितको कांग्रेस निर्माण चौँधौं महाधिवेशनको लक्ष हुनुपर्छ ।
पार्टीको विधान प्रत्येक कार्यकर्ताको मार्गदर्शन र अनिवार्य संहिता हो । यसको उपेक्षा र उल्लङ्घनमा क्षमा हुनु हुँदैन । पार्टीको बर्वादी उसको विधान उपेक्षित, तिरस्कृत र मरणासन्न बनाउने हर्कतबाट प्रारम्भ हुन्छ भन्ने तत्वज्ञान कांग्रेसका प्रत्येक सदस्यले लिनुपर्छ । आसन्न चौधौं महाधिवेशनमा प्रवेश गराउने र त्यसअघि जनता र कार्यकर्ता तहमा उठाईरहनुपर्ने नेतृत्वको परीक्षक र महत्वपूर्ण एजेण्डा यिनै हुन् ।
अनुहार, गुटगत घेरा, स्वार्थ, व्यक्ति र विरासतभन्दा माथि उठेर वैचारिक प्रतिबद्धतायुक्त नेतृत्वको खोजी कांग्रेसको आवश्यकता हो । यसको लागि दृढ विचार, संयोजन क्षमतायुक्त नेतृत्वको छनौट को वा कुन गुटको भन्दा पनि निस्वार्थ संकल्पका साथ हुनुपर्छ । नत्र, सबैका निम्ति कठोर भएर आउने नियतिको बज्रपात कांग्रेसको निम्ति पुष्पबृष्टि हुने अपेक्षा गरेको मूर्खतामात्र पुष्टि हुनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार