३० आश्विन २०७८, शनिबार

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी वृत्तलाई सहयोग

प्रकाशित मिति :  २४ आश्विन २०७८, आईतवार १५:४२


२४ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले महानगरिय प्रहरी वृत्त दरबारमार्ग र मालीगाउँलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ । प्रहरी सँगको साझेदारीमा जनचेतना मुलक पर्ची, प्रहरी चेकिङ्गका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, मास्क लगाउन आग्रहमा लागि स्ट्यिाण्डी आदि जस्ता सामाग्रीहरु हस्तानतरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

बैंकको सामाजिक उत्तरदायित्व अन्र्तरगत दुई छुट्टा छुट्टै कार्यक्रममा बैंकले उक्त प्रहरी वृत्तलाई सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वको बेला अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा