३० आश्विन २०७८, शनिबार

मेगा बैंकको फेस्टिभल अफर : २ हजारसम्म क्यासब्याक

प्रकाशित मिति :  २४ आश्विन २०७८, आईतवार १५:५५


२४ असोज, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष छुट दिने भएको छ ।

बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर ल्याएको हो ।

फेस्टिभल अफर ल्याउँदै बैंकले बैंकमा खाता खोली पहिलोपटक ई–कमर्स कारोबार गर्ने डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको २० प्रतिशतसम्म वा २ हजारसम्म क्यासब्याक सुविधा दिइने भएको छ । असोज २४ बाट कात्तिक २४ गतेसम्म सञ्चालन हुने यस अफर योजनामा सबैभन्दा बढी कारोबार गर्ने ५ जना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई उपहार कार्डको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

चाडपर्वभर बैंकले इ–कमर्स कारोबारमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ । चाडपर्वको उपहार स्वरुप यस अफर ल्याइएकाले नजिकको शाखा कार्यालयमा गई खाता खोलेर डेबिट तथा क्रेडिट कार्डमार्फत क्यासब्याकको लाभ लिन बैंकले आग्रह गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा