३० आश्विन २०७८, शनिबार
मनित्रपरिषद विस्तार
लुम्बिनी प्रदेश

लुम्बिनी सरकारका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

प्रकाशित मिति :  २४ आश्विन २०७८, आईतवार १६:३८


२४ असोज, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मनित्रपरिषद विस्तार गरेका हुन् ।

मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।

यसअघि माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीको गठबन्धनको सरकार बनेको थियो।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद गठन भएको थियो। पछि ६ वटा मन्त्रालय थप गरि १३ वटा मन्त्रालय पुर्‍याईएको हो।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा