३० आश्विन २०७८, शनिबार

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  २४ आश्विन २०७८, आईतवार १७:०६


२४ असोज, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गत शनिवार बैंकको कलैया शाखाले रक्तदान कार्यक्रम गरेको बैंक केन्द्रिय कार्यालयकी बसुन्धरा भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका विभिन्न शाखाहरुबाट कार्यक्रम गर्र्दै आइरहेको छ । कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी माता मन्दिरको प्राङगणमा आयोजित कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, प्रशासकिय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार साह, राजदेवी साङगितिक समूहका सल्लाहकार तथा पदाधिकारी, बैंकका कर्मचारीहरु र स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो ।

देशभर १०३ वटा शाखाहरु मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा