रुपन्देही झडप : गोली लागेर घाइते भएका तीन जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज २४, २०७८ सोमबार १:६:५८
२४ असोज, काठमाडौं । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको हाे ।
उनीहरूको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छैन। झडपका क्रममा ५० जना भन्दा घाइते भएका थिए ।
नेपालबहस डटकमलाई प्रहरी उपरीक्षक मनोज केसीले दिएको जानकारी अनुसार रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले लगाएकाे कर्फ्यू जारी छ ।
प्रहरी उपरीक्षक केसीका अनुसार झडपपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको बताइएकाे छ । केसीका अनुसार अहिले घटनास्थलमा प्रहरीको सहभागिता बाक्लो रहेको छ ।
निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा क्षेत्रमा रहेका सुकुमबासी र प्रहरीबीच आइतबार झडप भएको थियो। स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा केही घाइतेसमेत भएका छन् । आइतबार ४ बजेदेखि अर्को सूचना जारी नभएसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
प्रशासनले पूर्वमा तिनाउ नदी बुटवल उपमहानगर १७ देखि वडा नम्बर १८ सौंरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खेतीयोग्य जमिन वडा नम्बर १७, उत्तर शिवनगर रानीगन्ज बस्ती वडा नम्बर १७ र दक्षिण बुटवल महानगरपालिका वडा नम्बर १८ औद्योगिक करिडोरको जमिन धन्दापुर सौंरहियासम्मको क्षेत्रमा कर्फ्यु जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार