पूर्वी नाकाबाट दुई महिनामा १० अर्ब १९ करोडको आयात
नेपालबहस संवाददाता
असोज २४, २०७८ सोमबार २:१०:१९
२४ असोज, झापा । पूर्वी नाका काँकडभिट्टामा गत वर्षको तुलनामा आयात बढेको छ । मेची भन्सार काँकडभिट्टाका अनुसार चालू आर्थिक वर्षको साउन र भदौमा १० अर्ब १९ करोड रुपैयाँको सामान आयात भएको छ । गत आर्थिक वर्षको यही अवधिमामा चार अर्ब ७४ करोड रुपैयाँको सामान आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।
निर्यात भने घटेको छ । चालू आर्थिक वर्षको साउन र भदौमा दुई अर्ब एक करोड रुपैयाँको मात्र नेपाली उत्पादन मेची भन्सार कार्यालयबाट निर्यात भएको उनले बताए । गत वर्ष यही अवधिमा दुई अर्ब ७५ करोड रुपैयाँको नेपाली उत्पादन निर्यात भएको थियो । यस पटक भने व्यापार घाटा बढ्दै गएको मची भन्सार कार्यालयले जनाएको छ ।
मेची भन्सारले साउनमा एक अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा भन्सारले एक अर्ब १७ करोड रुपैयाँको लक्ष्य राखेको थियो । तर, यस पटक आयात बढेसँगै राजस्व संकलन पनि वृद्धि भएको हो ।
यस्तै, भदौ महिनामा एक अर्ब २३ करोड रुपैयाँको लक्ष्य राख्दा एक अर्ब ३० करोड रुपैयाँ उठेको भन्सार प्रमुख विश्वकर्माले बताए । २३ असोजसम्म एक अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको उनले बताए । यो महिनामा एक अर्ब २७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य छ ।
भन्सारले चालू आर्थिक वर्षमा १५ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा १३ अर्ब चार करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख विश्वकर्माले बताए । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट भारतसँगै बंगलादेश, भुटान र तेस्रो देशसँग पनि व्यापार हुँदै आएको छ । मेची भन्सारमा संकलन हुने राजस्वको ५० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगट्दै आएको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए ।
यस्तै, मेची भन्सार कार्यालयबाट सबैभन्दा धेरै नेपाली कृषि उत्पादन अलैँचीको निर्यात हुँदै आएको छ । त्यसपछि नेपाली चिया पूर्वी नाका भएर विभिन्न देशमा निकासी हुँदै आएको छ । अलैँची र चिया भने ९० प्रतिशतभन्दा धेरै भारतमा खपत हुन्छ । बंगलादेशमा नेपाली अलैँची र चियाको भन्सार शुल्क धेरै छ । त्यस कारण बंगलादेशमा अलैँची र चिया जाँदैन । अन्य देशमा पनि विभिन्न समस्या भएका कारण नेपाली अलैँची र चियाको ठूलो बजार भारत नै हो । बंगलादेशमा नेपाली उत्पादनको भन्सार शुल्क महँगो हुँदा व्यापार घाटा धेरै छ ।
यस्तै, भुटानसँग पनि नेपालको व्यापार घाटा छ । आर्थिक वर्ष २०७७र०७८ मा भुटानसँग ६१ करोड २० लाख ३७ हजार रुपैयाँको व्यापार घाटा थियो । उक्त आर्थिक वर्षमा भुटानबाट एक अर्ब १९ करोड ९२ लाख रुपैयाँको सामान आयात हुँदा नेपालबाट ५८ करोड ७२ लाख तीन हजार रुपैयाँको सामान निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
भुटानबाट नेपालमा जिप्सन, कोइला, वालपुटीलगायत सामग्री आयात हुन्छन् । यस्तै, नेपालबाट स्टिलका पोल, बुद्धको मूर्ति, चिजबल जस्ता सामग्री भुटान जाने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व संकलन
बैशाख ४, २०८१ मंगलबार
राजश्व छलीमा शारडा समूहका दुई कम्पनीमाथि राजश्व अनुसन्धान इटहरीले सुरु गर्यो कारवाही
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार