३० आश्विन २०७८, शनिबार

नेपालमा संक्रमण मुक्त हुने दर ९६.७ प्रतिशत

प्रकाशित मिति :  २४ आश्विन २०७८, आईतवार २०:५२


२४ असोज, काठमाडौं । विगत २४ घण्टामा ५९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण देखिएको हो ।

आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार २४ रहेका छन् । पछिल्लो २४ घण्टामा ८७१ जना संक्रमणमुक्त का छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार ९४३ पुगेका छन् । नेपालमा संक्रमण मुक्त हुने दर ९६.७ प्रतिशत छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार २३१ जनाको निधन भइसकेको छ । हाल देशभर ३२२ सघन उपचारकक्ष ‘आइसीयू’, ११३ भेन्टिलेटर, १३ हजार ८५९ होम आइसोलेसन, एक हजार १६५ संस्थागत आइसोलेसन र २३४ जना क्वारेन्टिनमा छन् । आज ७८ हजार ९२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected]com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा