दशैं बिदा अगाडि नै कार्यालय प्रमुखले लिए बिदा
नेपालबहस संवाददाता
असोज २५, २०७८ सोमबार १९:५४:४२
२५ असोज, काठमाडौं । सोलुखुम्बुका अधिकांश सरकारी कार्यालयका प्रमुखले दशैं बिदा अगावै कार्यालय छाडेका छन् । बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय प्रमुखले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी सुम्पदै दसैं मान्न घरतिर हिँडेका पाइएको हो ।
यस वर्षको दसैं बिदा यही असोज २६ गते फुलपातीका दिन भए पनि अधिकांश कार्यालयका प्रमुख गत शुक्रबार नै घर गएको सम्बन्धित कार्यायलका कर्मचारीले बताएका छन् । केही प्रमुखबाहेक विभिन्न बहानामा बिदा लिएर घर जाने विगतको प्रथाले यस वर्ष पनि निरन्तरता पाएको छ ।
बिदा अगाडि नै कार्यालय छाड्ने प्रमुखमा जिल्ला अदालत, सरकारी वकिल, जिल्ला हुलाक, मालपोत कार्यालय, हुलाक कार्याल, बागवाणी केन्द्र फाप्लु, जिल्ला जनगणना कार्यालय, नेपाल टेलिकम, खाद्य तथा व्यापार कम्पनी लिमिटेड, कोष तथा लेखा नियन्त्रणको कार्यालय, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रलगायत कार्यालयका प्रमुख रहेका छन् ।
यी कार्यालयका प्रमुखमध्ये अधिकांश आइतबारदेखि कार्यालयमा हाजिर भएका छैनन् भने केही प्रमुख हप्ता दिन अघिदेखि नै अनुपस्थित रहेका छन् । प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले समेत व्यक्तिगत समस्याका कारण कार्यालय प्रमुख घर बिदामा गएको स्वीकार गरे । कर्मचारी बिदामा बसेको भए पनि सेवा प्रभावित नभएको भन्दै प्रजिअ शाहीले सेवा नै प्रभावित भएको पाइएमा कार्वाही गरिने बताए ।
सरकारी नियमानुसार तोकिएको दसैं बिदा असोज २६ देखि ३० गतेसम्म उल्लेख गरिएको छ । बिदा हुनु अगावै कार्यालय छाड्ने र बिदा सकिएको केही दिन ढिला गरी हाजिर हुने चलन रहेको छ । यो प्रथाले तल्लो तहका कर्मचारीलाई बढी जिम्मेवारी दिने र सुविधा कम हुने गरेको स्वयम् कर्मचारी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
इलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार