ग्लोबल आइएमई बैंकले २ अर्ब ९२ करोड नाफा बाँड्ने
नेपालबहस संवाददाता
असोज २५, २०७८ सोमबार २१:०:३०
२५ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत वर्षको नाफाबाट शेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको आज बसेको ३९३ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औँ वार्षिक साधारणसभाको स्वीकृति पश्चात उक्त लाभांश शेयरधनीलाई दिने भएको हो ।
बैंकको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई रु. २ अर्र्ब ९२ करोड बराबरको १३.५ प्रतिशत लाभांश (बोनश शेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैँया रहेकोमा प्रस्तावित १० प्रतिशत वोनस शेयर वितरण पश्चात चुक्ता पुंजी रु. २३ अर्ब ७९ करोड पुग्ने छ । त्यस्तै, नगद लाभांश वितरण पश्चात बैंकको कूल पुंजीकोष रु. ३६ अर्ब ९२ करोड रहने छ । देशमा संचालित कुनै पनि वाणिज्य बैंकहरु भन्दा यो पुंजीकोष अत्यधिक रहेको छ ।
ग्लोबल आइएमई बैंकले आ.ब.२०७७/७८ मा ४ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १० प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली बैकिङ्ग कारोबर गर्दै आएको छ ।
कूल २७७ अर्ब निक्षेप तथा २६५ अर्ब कर्जा लगानी रहेको बैंकको हाल ७६ जिल्लामा फैलिएका २८० शाखाहरु, ४७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५० एटिएम, तथा २५७ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार