गोली लागेर मृत्यु भएका तीन जना गैरसुकुम्बासी
नेपालबहस संवाददाता
असोज २५, २०७८ मंगलबार १:५१:४५
२५ असोज, बुटवल । रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएका चार जनामध्ये तीन जना गैरसुकुम्बासी रहेका पाइएको छ । गोली लागेर गम्भीर भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका तीन जना गैरसुकुम्बासी रहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
मृत्यु हुनेहरूमा शुद्धोधन गाउँपालिका-५ रूपन्देहीका ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी, पूर्वी नवलपरासीका १८ वर्षीय युजल कुमाल र बाणगंगा नगरपालिका कपिलवस्तुका २० वर्षीय रमेश परियारको सनाखत भएको छ । अर्का एक जनाको सनाखत हुन नसकेको प्रजिअ तिवारीले बताए । उनीहरूको शव भीम अस्पतालमा राखिएको छ ।
आइतबारको झडपमा परी ३१ जना सुरक्षाकर्मीसहित ७४ जना घाइते भएका थिए । प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १५ जना गरी ३१ जना घाइते भएको जानकारी दिए ।
आइतबार अपराह्न प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनुपरेको प्रजिअ तिवारीले बताए । प्रजिअ तिवारीले सार्वजनिक सम्पत्तिको रक्षा गर्न खटिएका प्रहरीमाथि ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आफ्नो ज्यान जोगाउन गोली चलाउनुपरेको बताए ।
‘प्रहरी प्रशासनले संयमता नअपनाएको भए ठूलो क्षति हुने अवस्था थियो’, प्रजिअ तिवारीले भने, ‘लाठीचार्ज, अश्रुग्यास, हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको हो ।’
विगत एक सातादेखि मोतीपुर औद्योगिक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएर सार्वजनिक जग्गा कब्जा गरेर घरटहरा बनाउन लागेपछि सुरक्षाकर्मीले टहरा भत्काउन खोजिरहेको थियो । त्यही क्रममा प्रहरीले आफ्नो काम गरिरहेका बेला आइतबार घटनाले उग्र रूप लिएपछि यस्तो अवस्था आएको प्रशासनको दाबी छ ।
यसैबीच रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी गम्भीर घाइते भएका चार जना प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बसेकाहरूसँगको दोहोरो झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका थिए । झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्रका प्रहरीका दुई जना गरी चार जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षीय प्रहरी जवान जयप्रकाश थारू र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौं पठाइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षीय जवान खुसीराम चौधरीलाई काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार