बिनाविभागीय मन्त्री विश्वकर्माले लिए शपथ, गठबन्धनमै असन्तुष्टि
नेपालबहस संवाददाता
असोज २५, २०७८ मंगलबार १:५४:३५
२५ असोज, पोखरा । गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रीको शपथ लिएका छन् । सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चौतर्फी विरोध भएपछि डोबाटेलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
८ साउनमा नै उनी मन्त्री बन्ने लगभग पक्का थियो तर अन्तिम समयमा उनको नाम काटियो । मन्त्रीमा नियुक्त भएपछि उनले संविधानअनुसार पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री नियुक्तिमा सल्लाह नगरेको भन्दै गठबन्धनका नेताहरू भने असन्तुष्ट बनेका छन् । ‘मिचेर गएको महसुस भयो । यसरी नै जाने हो भने गठबन्धन के हुन्छ, के हुन्छ’, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘हामी मुख्य दल, हामीलाई नै थाहा छैन । अरूलाई झन् के थाहा भयो होला र ?’
उनले मन्त्री बन्ने होहल्ला सुनेपछि मुख्यमन्त्रीलाई अहिले शपथ नगराउन आग्रह गरे पनि नमानेको गुनासो गरे । ‘माथिकै सहमतिमा गरेको भन्नुहुन्छ । माथि सल्लाह भएको भए हामीलाई खबर आउनुपर्ने हो’, उनले थपे, ‘अब कसरी जाने भन्ने छलफल गरौँला । यसमा हाम्रो असहमति छ ।’
माओवादीलगायत सत्ता गठबन्धन र विपक्षी सांसदहरू समेत शपथ ग्रहण कार्यक्रममा सहभागी थिएनन् । अर्को सत्ता साझेदार दल जनता समाजवादीका नेता तथा ऊर्जामन्त्री हरिशरण आचार्यले बाटो बिराएको भन्दै त्यसो नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
‘कांग्रेसले एकपछि अर्को सहमति तोड्दै बेइमान बन्दै गएको छ । स्वेच्छाचारी बन्दै गएको छ’, उनले भने, ‘हामीसँग गरेको सहमति तोडेर अन्यत्रैबाट मन्त्री नियुक्त गर्नु गलत हो । बाटो बिराउँदा राम्रो परिणाम निस्किँदैन ।’ यस प्रदेशमा अब कांग्रेसका छ, माओवादी केन्द्रका चार, जसपाका एक र अर्का एक जना स्वतन्त्र सांसद मन्त्री बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार