३० आश्विन २०७८, शनिबार

प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित

प्रकाशित मिति :  २५ आश्विन २०७८, सोमबार २०:५५


२५ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक ९ कात्तिक बस्ने जानकारी दिएका हुन् ।

सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो । साथै मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा