३० आश्विन २०७८, शनिबार

आईएसका वरिष्ठ सदस्य सामी जसिम गिरफ्तार

प्रकाशित मिति :  २५ आश्विन २०७८, सोमबार २१:५९


२५ असोज, बग्दाद । इराकी प्रधानमन्त्री मुस्तफा अल-कादिमीले इस्लामिक स्टेट ‘आईएस’ का उच्चपदस्थ सदस्य सामी जसिमलाई इराक बाहिरको कारबाहीमा सोमबार गिरफ्तार गरेको घोषणा गरेका छन् ।

इराकको गुप्तचर सेवाले आईएसको आर्थिक मामिलाको जिम्मा र पूर्व आईएस नेता अबु बकर अल-बगदादीका डेपुटी जसिमलाई गिरफ्तार गर्न देश बाहिर एउटा जटिल अभियान चलाएको प्रधानमन्त्रीले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् । अल कादिमीले कहिले र कहाँ ठ्याक्कै उक्त अपरेशन भयो भन्ने बारे थप विवरण भने बताए ।

इराकी संयुक्त अपरेसन कमाण्डले जारी गरेको विज्ञप्तिका अनुसार जसिमलाई इराकको सिमाना बाहिर एक अपरेशनमा थप विवरण नदिई पक्राउ गरिएको थियो। कमाण्ड स्टेटमेन्टका अनुसार जसिम चरमपन्थी समूह चलाउने र समूहका वर्तमान नेता अब्दुल्लाह कारादाशको कमिटिको नजिक छन्।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा