चितवनमा केन्द्रीय नेताहरूको ओइरो
नेपालबहस संवाददाता
असोज २६, २०७८ मंगलबार १७:५५:५७
२६ असोज, चितवन । चितवनमा केन्द्रीय नेताहरूको ओइरो लागेको छ । आज ‘मंगलबार’ मात्रै नेपाली कांग्रेस र नेकपा एमालेका चार जना केन्द्रीय नेता चितवन आउँदै छन् ।
जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन नेताहरू चितवन आउन लागेक हुन् । कांग्रेस रत्ननगर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन कांग्रेस महामन्त्री डा। शशांक कोइराला चितवन आइसकेका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं कांग्रेस नेतृ उमा रेग्मी पनि आजै चितवन आउँदै छन् । उनको गृह जिल्ला नै चितवन भएकाले आज घरमा भेटघाट हुने छ । बिहीवार महिला संघले आयोजना गर्ने दसैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।
खैरहनी नगरपालिकामा आयोजना गरिएको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली चितवन आउँदै छन् । त्यसैगरी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एवं कांग्रेस नेता उमेश श्रेष्ठ दिउँसो साँढे १ बजे चितवन आउने कार्यक्रम छ । हिजो सोमबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चितवन आएका थिए ।
जनता समाजवादी पार्टीका नेता अशोक राई नवलपरासीमा आयोजित पार्टी सुदृढीकरण कार्यक्रममा सहभागी भएर आजै काठमाडौ फर्किएका छन् । केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन आएका थिए ।
उनी आएकै दिन नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा पनि गृहजिल्लाका विभिन्न स्थानमा आयोजित दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार