३० आश्विन २०७८, शनिबार
राजनीति

तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ : महामन्त्री कोईराला

प्रकाशित मिति :  २६ आश्विन २०७८, मंगलवार १३:०५


२६ असोज, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उनले विवाद रहेका १३ जिल्ला सहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताए।

उनले भने, “तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन समायमानै गर्नुपर्छ ।” १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उनले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए ।

महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उनले बताए । उनले भने, “छलफल भइरहेको छ । संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ ।” आफु, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उनले आफु बलियो उम्मेदवार रहेको बताए ।

फरक प्रसङ्गमा सरकारले पूर्णता पाएसँगै विकास निर्माणका कामहरुलाई तिव्रता दिइने उनको भनाई थियो । उनले भने, “अहिलेको सरकार गठवन्धनको सरकार हो । यसले पूर्णता पाएको छ । अब राम्रो काम गर्छ ।”


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा