३० आश्विन २०७८, शनिबार

आज पहाडी क्षेत्रका केही भागबाहेक देशभर मौसम सफा

प्रकाशित मिति :  २७ आश्विन २०७८, बुधबार ०८:०४


२७ असोज, काठमाडौं । आज पहाडी क्षेत्रका केही भागबाहेक देशभर मौसम सफा रहेको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई हल्का वर्षाको सम्भावना रहेको छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ ।

त्यसैगरी राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । हाल देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन नभएको महाशाखाले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा