दशैंमा ओली, प्रचण्ड र नेपालले के गर्छन ?
नेपालबहस संवाददाता
असोज २८, २०७८ बिहिबार २०:२६:४९
२८ असोज, काठमाडौं । दशैंमा नेताहरु के गर्छन भन्ने विषय सबैको चासो हुन्छ । वर्षदिनभर वेफूर्सदमा रहने नेताहरुका लागि भने दशै पारिवारिक भेटघाट वित्ने गरेको छ । खासगरी राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील नेताहरु सधै वेफूर्सदिला रहन्छन । यसै सन्दर्भमा हामीले तीन नेताहरु के गरिरहेका छन् भनेर उनको सचिवालयमा सोधेका थियौ ।
ओली आज झापा जाने, दशै टिका नलगाउने
नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटक दशैको टिका नलगाउने भएका छन् । आफन्तमा वितेको वर्ष दिन नपुगेका कारण उनले यसवर्ष टिका नलगाउने भएका हुन् । ओलीको सचिवालयमा रहेका रामशरण बजगाइका अनुसार प्रत्यक वर्ष दशै मनाउँदै आएका उनले यसपाली भने आफू पनि टीका नलगाउने र अरुलाई पनि टीका नलगाउने र दसैँको समयमा अध्ययनमा बढी केन्द्रीत रहने ओलीको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीका भाइ (काकाका छोरा)को यसै वर्ष निधन भएकोले टिकाका कुनै पनि कार्यक्रम आयोजना नहुने भएको हो ।
आजै उनी झापास्थित गृह जिल्लामा आयोजना गरिने चियापान समारोहमा सहभागी हुनेछन् । अध्यक्ष ओलीले गृह जिल्लामा दसैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडहरुको उपलक्ष्यमा हरेक वर्ष महानवमीको दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् । उनी आज त्यसतर्फ जानेछन् । त्यसैगरी आजै झापाबाट फर्केपछि टिकाको दिन खास भेटघाटको कार्यक्रम नराखिएको र टिकाको भोलिपल्टबाट कार्यकर्ता भेटघाट हुने सचिवालयले जनाएको छ । झापा जिल्ला कमिटीले २७ बर्षदेखि चियापानको कार्यक्रम आयोजना गर्दै आएको छ ।
प्रचण्ड आफू टिका नलगाउने आउने लगाइदिने
यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दसैँमा टिका लगाउँदैनन । तर परिवारका अन्य सदस्यहरुको टिका कार्यक्रम भने हुनेछ । परिवारका सदस्यसाग रमाइलो गरेर दशै को समय सदुपयोग गर्ने योजना प्रचण्डको छ । प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाका अनुसार प्रचण्ड अहिले राजनीतिक गतिविधि, नेता–कायकर्तासँग भेटघाट र कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । उनले राजनीतिक र कार्यकर्ता भेटघाटलाई निरन्तरता दिने भएका छन् ।
नेपालको टिका लगाउने बारे अझै टुंगो छैन, परिवारसँगै बस्ने
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि नेता कार्यक्रर्तासँगको भेटघाट, चियापन, राजनीतिक गतिविधिमा बढी व्यस्त हुनेछन् उनका स्वकीय सचिव मोहन गौतमका अनुसार नेपालले यो वर्ष दसैँ मनाउने वा नमनाउने अहिलेसम्म त्यस्तो केही निर्णय नभएको उनले बताए । नेपाललाई सधै टिका लगाउदै आएका गाउँले दाइ यो वर्ष वितेकाले नेपालले टिका लगाउने वा नलगाउने भन्ने कुनै निर्णय गरेका छैनन ।
नेपालले टिका लगाए गाउँको कान्छी आमाको हातबाट टिका लगाउने बताइएको छ । अन्य समयमा लेखपढ र भेटघाट तथा परिवारसँगै बस्ने योजना रहेको स्वकीय सचिव गौतमले बताए । ‘ अष्टमीसम्म कार्यकर्ताहरुसँग भेटघाट भयो अबको केही दिन परिवारका सदस्यसँगै रहने गरी कार्यक्रम तय गरिएको छ’, गौतमले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार