१६ मंसिर २०७८, बिहीबार
रारा ताल
पर्यटन

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन :- “रारा ताल त फेवा तालभन्दा राम्रो रहेछ” !

प्रकाशित मिति :  २८ आश्विन २०७८, बिहीबार १९:०८


२८ असोज, सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया पवित्रा भट्टराई पर्यटकका रुपमा रारा पुगेकी छन् । रारा ताल घुमेर फर्केका आफन्त गरेको वयानका आधारमा उनलाई रारा तालले लोभ्याएको हो ।

भट्टराईले आफन्तले रारा तालको विषयमा गरेको वयानले दुई वर्षअघि घुम्ने रहर जागेको अहिले आएर पूरा भएका बताइन् । ‘रारा ताल त फेवा तालभन्दा राम्रो रहेछ,’ उनले भनिन्, ‘जीवनको उत्तर्रार्द्धमा स्वर्ग पुगेको महसुस भयो ।’

खोटाङबाट रारा आउनका लागि उनका छोरा विशाल भट्टराईले मिलाएका थिए । रारा आउनका लागि उनलाई खोटाङको दिक्तेतबाट ५ दिनको जिप यात्रा गर्नु परेको थियो । जिपबाट खोटाङ–काठमाडौं–नेपालगन्ज–सुर्खेत हुँदै रारा पुगेकी हुन् ।

भट्टराई गत हप्ताको शनिबार रारा पुगेर फर्किएकी हुन् । आफुले रारा पुग्दा कर्णालीको रहनसहन रीतिरिवाज र यहाँको खानपानका विषयमा जानकारी लिएको बताइन् । ‘कहाँ सुदूर पूर्वको चलन कहाँ सुदुर कर्णालीको चलन धेरै फरक रहेछ,’ उनले भनिन्,‘जीवनको अन्तिममा आएर यहाँको चलन सिक्ने मौका पाए ।’

रारा जति सुन्दर भए पनि रारा पुग्ने सडकले आफुलाई दुःख लागेको बताइन् । ‘रारा त सुन्दर ताल हो,’ उनले भनिनु, ‘तर, त्यहाँ पुग्ने सडक हेर्दा देशमा विकास नभएको जस्तो लाग्यो ।’

कर्णाली राजमार्गमा रहेका खाल्डाखुल्डी कच्ची बाटोले आफूलाई हैरान पारेको उनले बताइन् । रारा पुग्नलाई राजमार्गको विस्तार गरिनुपर्ने उनको भनाइ थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा






तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता