आज थप ४५५ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज २८, २०७८ शुक्रबार १:३३:३४
२८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ४१८ पीसीआर परीक्षण गर्दा ३९८ जना र दुई हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कूल सङ्ख्या आठ लाख चार हजार २७६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार २६९ पुगेको छ । त्यसैगरी आज ८०४ जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७९ हजार १५४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १३ हजार ८५३ जना रहेको छ । तीमध्ये १२ हजार ७९१ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक हजार ६२ संस्थागत आइसोलेसनमा रहेका छन् भने कोरोनाका बिरामीमध्ये ३१० जना आइसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३० जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार