ओलीको दशैं, तिहार गीत र मिठासहरू
नेपालबहस संवाददाता
असोज २९, २०७८ शुक्रबार २३:५:१४
गोपीकृष्ण प्रसाईं
२९ असाेज, काठमाडाैं । घनश्याम ओलीले रचना गरेको दशैं, तिहार गीतको म्युजिक भिडियो भर्खरै बजारमा आएको छ । एसपी म्युजिकको प्रस्तुति रहेको गीत ‘दश तिहार आयो’ सुनीता दुलाल सन्जेल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा चर्चित गायक प्रताप दास र सुनीता दुलाल सन्जेलले स्वर भरेका छन् । राजेन्द्र बजगाईंको एरेन्ज र किशोर थापाको मिक्सिङ रहेको गीतलाई ए–वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गराएका हुन् ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोको छायाँकन सुरेश श्रेष्ठले गरेका हुन् । भिडियोमा महेन्द्र गौतम र सुनीता दुलाल सन्जेलको प्रमुख अभिनय रहेको छ । भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेको हुन् ।
दसैं, तिहारलाई लिएर धेरै गीतहरू बजारमा आइरहेकै छन् । तर यस गीतमा गीतकार ओलीले आफ्ना परम्परा, मुल्य, मान्यताका अहम भावहरुलाई उच्चतम महत्व दिएर आधुनिकताको सुनौलो आयाममा गीतका अभिव्यन्जनाहरूलाई अलि पृथक रुपमा पस्केका छ्न । आज डिजिटल दुनियाँ र नयाँ पुस्तालाई दसैं, तिहारको महत्व दर्शाउन यी पर्वहरूको ऐतिहासिकता बुझाउँदै कृषिप्रधान देश र दसैं महिमा गाएको यो गीतले तिहारमा देउसी भैलो, दिदी, भाईप्रतिको आपसी सम्मान, माया र प्रेमको कुरालाई पनि सुन्दर रुपमा उजागर गरेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर तह उत्तीर्ण ओली साहित्यमा गहिरो दिलचस्पी राख्ने एक कुशल सर्जक हुन् । ओलीले यसअघि तीजको गीत निकालेर सांगीतिक बजारमा तहल्का मच्चाइसकेका छन् । उनको तीजको गीत नेपाली सांगीतिक बजारमा चर्चित गीतको रुपमा स्थापित भैसकेको छ । अत्यन्तै मेहनतका साथ तयार गरेको यस गीतका हरेक हरफमा आफ्नोपन, भिर, पाखा, पखेरा अनि गाउँ बेंसीको तस्बिर अनि नेपालीको रहनसहन, परम्परा र हजारौं वर्षको सभ्यता झल्किएको छ । आदरणीयजनहरुको आत्मीयता र आशिर्वचनको श्रृङखलाका मिठासहरु दसैंमा र दिदीभाईहो असिम माया, आत्मियता र अनुराग तिहारमा झल्किएको छ ।
ओलीले गीतमा शब्दहरूको उठान गर्ने सिलसिलामा बाबुआमा, छोराछोरीको एक आपसमा प्रकट हुने प्रेमका लालित्य अत्यन्तै सुन्दर र मर्मस्पर्शी रुपमा प्रकट गरेका छन् । गीतमा भावुक हुँदै ओली आफ्ना भावहरू यसरी प्रकट गर्छन्–
बाबाआमा छोराछोरी कुर्दै बसेका छन् ।
छोराछोरी घर जान कम्मर कसेका छन् ।
रंगीचंगी फूलहरू फुले फूलबारीमा ।
लह लह धानका बाला झुले खेतबारीमा ।
गीतकार ओलीशब्दहरूको छनौट अनि शब्दहरूमा कला भर्न अत्यन्तै सिपालु र माहिर छन् । सरल शब्दहरुद्वारा अत्यन्तै उच्च अभिव्यक्ति र सन्देश प्रवाह गर्ने क्षमता भएका ओली गाउँ बस्तीमा विचरण गर्न रुचाउँछन् । शब्दहरूको उचित चयनले व्यापक अर्थको मायामठ तयार गर्नु उनको कौशलता र इमानदारिता पनि होला । यी हरफहरू हेरौं–
हर्ष, खुसी उमंग होस् अनि शान्ति मनको ।
आशीर्वाद मिलोस् हाम्लाई सबै मान्यजनको ।
सब्को शीरमा जमरा होस् निधारमा टीका ।
हाँसीखुसी बसौं सबै नहोस् दसैं फिका ।
यसरी गीतकार ओली हाम्रा सामाजिक मुल्य, मान्यता, कर्तव्य, धर्म संस्कार र पूर्वजहरूको विरासतलाई आफ्ना लयहरूमा दिल खोलेर पस्किन सफल भएका छन् । हजारौं वर्षअघिदेखि चलिआएका यी चाडपर्वको गरिमा नयाँ पुस्तामा छर्दै जान, सार्दै जान ओलीका यी सुन्दर गीति लयहरू काफी छन् । त्यस्तै उनका शब्दहरूमा प्रकृति, मौसम, हरियाली अनि फूलको सौन्दर्यसँग मानव मनका अन्तरंग भावहरू झिल्मिलाएर आएका छन् । त्यसैले त तिहारको सुन्दर मौसम र चन्चल पवनको अपार मिठासभित्र देउसे र भैलेका लयहरु सुनिन्छन् जताततै जस्तो–
लक्ष्मीपूजा झिलीमिली बले दियो बाती ।
भाका पारी नाच्दै आए भैलेनीका ताँती ।
देउसे भैले देउसीरे गाउँदै हिँड्छ्न गीत ।
भाइटीकाले दिदी भाईको बढाउँछ प्रीत ।
यसरी गीतकार ओलीका शब्दहरूमा दिदीभाइको आत्मीय पवित्र प्रेम अनि मायाको अनुपम सिलसिला पनि उत्तिकै सशक्त भएर आएको छ । गीतकारओलीले नेपालका दुई मुख्य चाडको गरिमा, महिमा, महत्व र यसको ऐतिहासिकतालाई गीतमा कुँदेर आफ्नो विशिष्ट सृजनशिलतालाई यस गीतमा अवतरण गराएका छन् ।
नजिकिँदै गरेका चाडपर्वहरूलाई अत्यन्तै माया अनि सम्मान गर्दै विश्वका नेपालीहरुमाँझ यति सुन्दर, मौलिक र अर्गानिक गीत पस्केर नेपाली वाङ्मयलाई धनी बनाउने घनश्याम ओलीको जिउँदोजाग्दो प्रयासको म तारिफ गर्न चाहन्छु । ओलीले नेपाली सांगीतिक आकासमा यो रचनामार्फत आफ्नो मौलिकता, परम्परा र राष्ट्रियताका भाकाहरूलाई मुखरित गर्न सफल भएका छन् भन्दै यो गीतको भव्य सफलताको कामना गर्दछु । सर्जक ओलीबाट नेपाली सांगीतिक जगतले यस्तै थुप्रै गीतहरुको अपेक्षा गरेको छ ।
प्रसाईं विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार