बारेकोटका पहिरोपीडितको १५ महिनादेखि त्रिपालको बास
नेपालबहस संवाददाता
असोज २९, २०७८ शनिबार ०:३८:५
हेमन्त केसी
२९ असोज, जाजरकोट । बारेकोट गाउँपालिका–४ सार्कीटोलको सिंगो दलित समुदाय दुई महिनादेखि त्रिपालमुनि बसिरहेको छ । २५ असोज ०७७ असारको पहिरोले उनीहरू बस्तै आएको बस्ती बगाएपछि राहतमा पाएको त्रिपालमा उनीहरू बस्न थालेका हुन् ।
बारेकोट गाउँपालिकाको वडा नम्बर ४ को तलगाउँ र वडा नम्बर ६ को धुमाको अवस्था पनि उस्तै छ । यी दुवै वडामा एकै दिन फरक समयमा गएको पहिरोमा परेर १४ जनाको ज्यान गुमाएका थिए भने करिब सय परिवार पूर्णरुपमा विस्थापित थिए ।
पहिरोमा परेर ज्यान गुमाएका त गए नै जीवित रहेकाहरू सामान्य आश्रयस्थल समेत नहुँदा अवस्था अत्यन्त दयनीय बनेको छ । दिनहुँजसो पर्ने पानीलाई त्रिपालले नछेक्दा र सरकारले पनि कुनै सहयोग नगर्दा पहिरो पीडितहरू राज्यविहीन झै बनिरहेका छन् । उनीहरूका आँखामा आफन्त र सम्पत्ति गुमाउनु पर्दाको पीडा अझैसम्म पनि छचल्किइरहेको छ ।
भएको जग्गा जमीन, दुःख गरेर आर्जन गरेको सम्पत्ति र ओत लाग्ने घर समेत पहिरोमा बगेपछि बारेकोटका विस्थापित सुरक्षित मानिएको अग्लो ठाउँ र जंगल नजिकको बस्तीमा पाल टाँगेर बसेका छन् । गतबर्ष सरकार, सहयोगी र देश विदेशमा रहेका विभिन्न संघसंस्थाहरूले दिएको सहयोगमा दिन काटेका उनीहरू यो बर्ष भने कतैबाट सहयोग नपाएको गुनासो गर्छन ।
पहिरोमा चार सन्तान गुमाएकी सार्कीटोलकी ७२ वर्षीया दुधी सार्की भन्छिन्, ‘चार सन्तानको सास त दैवले चुड्यो । बचेकाहरूको पनि चुहिने पालमुनि कहिलेसम्म सास रहने हो भन्ने भएको छ ।’ उनले त्रिपालबाट कहिले मुक्ति पाइएला भनेर सुस्केरा हालिन् ।
राहत भन्दा पुनर्वासको माग
रातको बेला गएको पहिरो छिचोल्दै ज्यान बचाएका बारेकोटका पहिरोपीडितहरु राहतभन्दा जतिसक्दो चाँडो पुनर्वासको माग गरिरहेका छन् । पहिरोले घर बास उठाएको १५ महिना बितिसक्दा पनि बारेकोटका पहिरो पीडितहरूको पुनर्वासको प्रबन्ध हुन सकेको छैन । साँघुरो पालभित्र ८–९ जना जहान परिवार बस्नुपर्दा उनीहरू निसास्सिएका छन् । बर्खा त जेनतेन धानियो अब चिसो मौसम कसरी बिताउने भन्ने चिन्ताले उनीहरूलाई सताउने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
कर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार
बैशाख १३, २०८१ बिहिबार