कांग्रेस नेता तथा कार्यकर्ताहरुको डा.शेखरलाई अपार साथ
यज्ञप्रसाद भट्टराई
असोज ३०, २०७८ शनिबार २१:३८:३४
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला राजनैतिक बृत्तमा अब्बल संगठनकर्ताको रुपमा अगाडि बढिरहेका छन् चिकित्सा क्षेत्रमा समेत अतुलनीय योगदान गरेका नेता कोईराला अहिले नेपाली कांग्रेसको लथालिङ्ग भएको सांगठनिक अवस्थाबाट भने ज्यादै चिन्तित देखिन्छन । पार्टीलाई सवल, सक्षम र आम कार्यकर्ताको चाहना र भावना अनुरुप चल्नु पर्छ भन्ने मान्यता राख्ने कोईराला नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार समेत रहेको सार्वजनिक रुपमा घोषणा गरेर देश दौडाहामा रहेका छन् जनताका बिभिन्न खालका समस्याहरुको गाउँ–गाउँमै गएर अध्ययन गर्न रुभाउने र पार्टीलाई तल्लो तहबाट बलियो बनाएर उठाउने सपना बोकेर राजनीतिमा सकृय रहदै आएका नेता डा. शेखर कोइरालाले राजनीतिलाई नेताको ब्यक्तिगत लाभका लागि नभई जनताका समस्या समाधानका लागि हुनुपर्ने कुरामा जोडदार रुपमा आवाज उठाउदै आईरहेका छन् ।
जसले गर्दा डा. शेखरले अहिले देशै भरिवाट कांग्रेस नेता तथा कार्यकर्ताहरुको न्यानो मायाँ र अपार साथ समेत पाईरहेका छन् । नेपाली जनताले अहिले क्रियाशिल राजनीतिक दलहरुमा इमान्दार नेताको खोजी गरिरहेका छन् । राजनीति देश लुटनका लागि गरिने ब्यापार हो भन्ने गलत सन्देश प्रवाह गर्ने कुराको उदाहरण स्वयं नेपालका राजनीतिक दलका नेताहरुले नै दिईरहेको अवस्थामा इमान्दार राजनीतिक सस्कारको पुनर्वहाली गर्ने कार्य भने डा. शेखरका लागि त्यति सजिलो भने छैन तर पनि उनले बिग्रिएको राजनीतिलाई सहि ट्याकमा ल्याउन सक्छु भन्ने दृढ अठोटका साथ अहोरात्र खटिरहेका छन् ।
जनताले बुझ्ने सरल भाषामा नेता त्यो हो जसले जनताको भावना र चाहना बुझेर जनताका पक्षमा सधैं आफुलाई उभ्याउने प्रयत्न गर्छ, जनतालाई नेताको आवश्यकता त्यतिखेर पर्छ जतिखेर जनताले आफ्नो समस्या आफ्नो बलवुताले समाधान गर्न सक्दैनन् । त्यतिबेला नेताले जनताका पक्षमा ठुलो छाती बनाउन सक्नुपर्छ । त्यो शाहस र हिम्मत अहिले नेता डा. शेखर कोइरालामा देखिएको छ । यसले के देखाउँछ भने नेपाली जनताको सुखदुखमा सरिक हुने नेपालको एकमात्र जिउँदो नेता भनेकै डा. शेखर हुन ।
नेपाली कांग्रेसको राजनीतिमा आफुलाई होमिरहे पनि कुनै पनि दल बिशेषको पक्षपोषण नगरी सिंगो नेपाली जनताको प्रतिनिधित्व गर्ने संभवत विश्वेश्वर प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, महेन्द्र नारायाण निधी पछिका एकमात्र नेता हुन डा. शेखर कोइराला जसले सिंगो देश बनाउने सपना, त्यो सपनालाई पुरा गराउन सक्ने योजना, र ति योजनाहरुलाई कार्यान्वयन तहमा लैजाने कार्यक्रमहरुको खाका कोरिसकेका छन् ।
त्यहि बिकासको भावी कार्यक्रमहरु बोकेर अहिले डा. शेखर सिंगो देशका कुनाकाप्चामा पुगिसकेका छन् । जहाँ जहाँ डा. कोइराला पुग्छन् त्यहाँत्यहाँ नेपाली कांग्रेसका मात्र हैन सिंगो नेपाली जनताको साथ र समर्थन पाएको देखिन्छ । यसले डा. शेखरलाई जनताका पक्षमा काम गर्न हौस्याएको पनि छ र जनताका आशा कसरी पुरा गर्ने भनेर गम्भीर पनि वनाएको छ । नेपाली जनताको मुहारमा खुशी नल्याई राजनीतिबाट पछि नहटने अठोट लिईसकेका डा. शेखरलाई अबको नेपाली कांग्रेसको सभापति भएको देख्ने चाहना पनि आम कांग्रेस बृत्तमा देखिएको छ ।
डा. शेखरले नेपालको बर्तमान राजनीतिको अत्यन्तै शुक्ष्म तवरले बिश्लेषण गरेका छन् भने भविष्यमा कस्तो कांग्रेस बनाउने भनेर खाका समेत कोरिसकेका छन् । डा. शेखर भन्छन् अहिले देशको राजनैतिक परिस्थिति अत्यन्तै गम्भिर अवस्थाबाट गुज्रिरहेको छ । हामीले सत्ताको लागि मात्रै राजनीति गरेको भन्ने आम चर्चाको बिषय भएको बताउनु हुँदै कांग्रेसका प्रभावशाली नेता डा. कोइरालाले पहिलो पुस्ताको त्याग, समर्पण, बलिदान र क्रियाशिलताबाट अबको कांग्रेसको मार्गचित्र कोर्नुपर्ने कुरामा जोडदिदै आईरहेका छन् ।
नेपाली जनताले कुनै कल्पनाभन्दा बाहिरको कुराको चाहना नराखेको भन्दै डा. शेखर भन्छन् “म गाउँमा जान्छु, जनताका भावना र चाहनाहरु बुझ्छु । जनताले ठूलो कुराको आशा गरेका छैनन् । अहिले देश महङ्गीको मारमा छ, त्यसलाई नियन्त्रण गरिदेऊ भनिरहेका छन् । देशमा बलात्कार र हत्याका घटना बढीरहेका छन्, अपराधिहरुले सरकारकै संरक्षण्मा उन्मुक्ति पाईरहेका छन्, गाउँहरु असुरक्षित भैरहेका छन्, कम्तिमा राज्यले शान्ति सुरक्षाको प्रत्याभूति गरिदेओस भन्ने मात्रै आशा राखेका छन् ।
भ्रष्टाचारले जसरी चरमचुली पार गरिसकेको छ त्यसलाई न्यूनिकरण गर्दै शुन्य शहनशीलतामा पुर्याईदेउ मात्रै भनिरहेका छन् । दण्ड हिनताको अन्त्य गरिदेउ मात्रै भनिरहेका छन् । हामीलाई ब्यवसाय गरेर नेपाल भित्रै बस्ने मन छ त्यो वातावरण मिलाई दिएर हामीलाई स्वदेशमै गरिखान देउ मात्रै भनिरहेका छन् ।
यत्ति पनि गर्न नसके किन राजनीति गर्नु ? के का लागि सत्ताको लुछाचुँडी गर्नु ? ” भावि सभापतिको रुपमा आम कांग्रेस नेता तथा कार्यकर्ताहरुले हेरिरहेका नेपाली जनताका मुटुका ढुकढुकी डा. शेखर कोईराला भन्छन् अब मेरो सम्पूर्ण ध्यान जनताको ओठमा कसरी हाँसो ल्याउन सकिन्छ भन्ने कुरामा केन्द्रित रहनेछ, जनताका हातमा कामको ग्यारेन्टी के गर्दा हुनसक्छ भन्ने तर्फ हुनेछ, जनताको शान्ति सुरक्षा र अमन चयन कसरी कायम गराउने भन्नेमा हुनेछ नितान्त ब्यक्तिगत फाईदाका लागि गरिने राजनीतिको अब अन्त्य हुनुपर्छ र गरेरै छाडिनेछ त्यो गर्न सकिन्छ, हामी गर्छौ, गरेर देखाउँछौ ।”
कोइरालाले प्रतिबद्धता ब्यक्त गरेका छन् । नेपाली जनतालाई देशमा राजनीति के कसरी चलिरहेको छ भन्दा पनि, कस्ले सरकार बनायो कस्ले सरकार भत्कायो भन्दा पनि महङ्गी कस्ले नियन्त्रण गरिदेला रु भन्ने बढी चासो मैले पाएको भन्दै कोइरालाले अब नेपाली कांग्रेसको ध्यान त्यस तर्फ लाग्नुपर्ने बताएका छन्
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थप‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार