भुष्मेका बारी तरकारी खेतीले हरिमल्लै
नेपालबहस संवाददाता
असोज ३०, २०७८ शनिबार २३:०:१७
२९ असोज, लमजुङ । मर्स्याङदी गाउँपालिका–८ को पर्यटकीय गाउँ भुष्मेको सिङ्गो गाउँ अहिले तरकारी खेतीमा लागेको छ । केही वर्षअघिसम्म बाँझो रहेको यी बारी अहिले हरिमल्लै भएको देख्न सकिन्छ । किसान यतिबेला काउली, बन्दा, गोलभेंडालगायत बिक्री गर्न व्यस्त छन् । केही वर्षअघिसम्म तरकारीका लागि बजार र छिमेकीको आस गर्ने भुष्मेबासी अहिले तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।
स्थानीय अगुवा होमराज तामाङका अनुसार गाउँका ५५ घरपरिवार तरकारी खेतीमा लागेको बताए । उनले भने, ‘आफैँले गर्नुपर्छ भन्ने बुझेपछि घरघरमा टनेल बनाएका छौ । आफैँले तरकारी फलाउन थालेपछि आफुलाई पनि भयो बिक्री पनि गर्न पायौं ।’ अहिले यो गाउँ तरकारीमा आत्मानिर्भर भएको उनले बताए । २०७१ सालेदखि तरकारी खेती गर्दै आएकी निलमाया तामाङले आठ रोपनी जग्गामा व्यावसायीक तरकारी खेती गरेकी छन् । उनले ५–६ वटा टनेल निर्माण गरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको बताइन् । उनले भनिन्, ‘पहिले दुईचार पैसा देख्न नी रहरै हुन्थ्यो । अहिले त महिनामा नै ५० हजार आम्दानी हुन्छ ।’ निलमाया जस्तै तरकारी फलाउन हौसिएकी छिन् सुनसरी तामाङ । तरकारी खेती सुरु गरेसँगै घरखर्च र छोराछोरी पढाउन सहज भएको उनले बताइन ।
भुष्मे गाउँ तरकारी पकेट क्षेत्र नै घोषणा भएको छ । भुष्मेमा स्थानीय नन्दराज तामाङको अध्यक्षतामा नौ सदस्यीय भुष्मे तरकारी पकेट सन्चालन समिति गठन गरिएको छ । गाउँलेले एक सय ५० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । स्थानीय विष्णुमाया तामाङका अनुसार तरकारी खेतीका लागि मस्र्याङ्दी गाउँपालिका, गण्डकी प्रदेश सरकार, कृषि ज्ञान केन्द्र लमजुङले सहयोग गर्दै आएको छ । भुष्मेमा ०७४ सालदेखि होमस्टे पनि सुरु भएको छ । तामाङ जातीको बसोबास रहेको गाउँमा १० घरमा होमस्टे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदूधको उचित मूल्य नपाउँदा किसान मारमा
चैत ५, २०८० सोमबार
उखु पेल्ने आधुनिक प्रविधि प्रयोग गर्न पाउँदा किसान उत्साहित
चैत ४, २०८० आइतबार
इलाममा किवीको उत्पादन बढ्यो
चैत ३, २०८० शनिबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
कुन सांसदको कस्तो प्रश्नमा प्रधानमन्त्रीको कस्तो जवाफ ? [ प्रश्नोत्तरसहित ]
चैत ६, २०८० मंगलबार
गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्छः कांग्रेस
चैत ६, २०८० मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक सुरु
चैत ६, २०८० मंगलबार
सर्लाहीमा अमेरिकन पेस्तोलसहित २ जना पक्राउ
चैत ६, २०८० मंगलबार
अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ
चैत ६, २०८० मंगलबार