तौथलीको दही छ्याप्ने जात्रा सम्पन्न
नेपालबहस संवाददाता
असोज ३०, २०७८ आइतबार ०:३३:५७
◊ राम केसी
३० असोज, चौतारा । एक आपसमा दही छ्यापाछ्याप गरेर मनाइने जात्रा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित तौथलीमा सम्पन्न भएको छ । यो जात्रा यस स्थानमा मात्र लाग्ने गर्दछ ।
विजयादशमीको भोलिपल्ट एकादशीका दिन दशैँ सकिएको सङ्केत गर्दै खड्गजात्रासँगै त्रिपुरासुन्दरी भगवतीलाई दही चढाएपछि एक आपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ यो जात्रा मनाउने गरिन्छ ।
बडादशैँको नवमीको रात मीन अर्थात माछाको पूजा गरी मनाइने र एकादशीका दिन खड्ग जात्रापछि अन्तिममा दही छ्यापेर मनाइने यहाँको यो जात्रा अन्यत्र कतै नमनाइने गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए ।
तेह्रौँ शताब्दीमा मल्लकालदेखि सुरु भएको उक्त जात्रा गतवर्ष कोरोना महामारीका कारण बन्द गरीएको थियो । जात्रामा निकै टाढाबाट आएका करिब छ हजार मानिसको उपस्थिति थियो ।
विगतका वर्षमा रु एक लाख ५० हजारको दही खरीद गरी दहीको भल बग्ने गरी मनाइएकामा यस वर्ष रु ५० हजारको दही खरीद गररेर त्यही दही छ्यापाछ्याप गरेर मनाइएको अध्यक्ष श्रेष्ठले बताए ।
द्वापरयुगमा कौरव र पाण्डवको कलहका कारण पाण्डवहरुले जुवा हारेपछि १२ वर्ष वनबास र एक वर्ष गुप्तवास बसेका महाभारतमा उल्लेख छ । उनीहरु गुप्तवास बसेको ठाउँ दोलखा भएको पनि बताइन्छ । गुप्तवास बस्दा अरुले चिन्ने डरले उनीहरूले साङ्केतिक भाषा प्रयोग गर्ने गरेका ऐतिहासिक तथ्यहरुमा भेटिन्छ ।
दोलखा र तौथली डाँडावारि र पारि पर्ने हुँदा दुवै स्थानका नेवारले बोल्ने भाषा प्रायः मिल्दोजुल्दो छ । दोलखाका नेवार समुदायले बोल्ने भाषा तौथली बाहेक नेपालका कुनै पनि स्थानमा बोलिदैन र बुझ्न पनि कठिन पर्ने स्थानीयबासीको धारणा रहेको पाइन्छ । त्यसैले त्यसै समयदेखि यो जात्राको पनि परम्परा जोडिँदै आएको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
बागेश्वरी मन्दिरमा तामाको छाना
चैत १४, २०८० बुधबार
रानाथारू समुदायमा होलीको उल्लास
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार