नेपाली राजनीति : बाहिर ‘बाहुबल’ भित्र ‘बाईबल’ !
नेपालबहस संवाददाता
असोज ३०, २०७८ आइतबार १:५३:३९
२०७४ को चुनाबका दूरगामी परिणाम देखापर्दैछन् । वितृष्णा र अविश्वासले निर्वाचन र राजनीतिका रोचक किस्सा बनाएको छ । तीन तहका निर्वाचनमा निर्वाचन आयोग, कर्मचारी संयन्त्र र सुरक्षा अंगहरूले ८० अर्ब रुपैयाँ राज्यको ढुकुटीबाट खर्च गरेर कस्तो राजनीतिक वातावरण स्थापित गरेका रहेछन्, हेरौं र भोगौं । त्यस्ता किस्सा अविश्वास र निराश मानसिकताबाट उब्जेका कटु सत्य हुन् । निर्वाचनबाट लोकतन्त्र पराजित भएको र कुशासन तथा दण्डहिनता बिजयी भएको महसुस भईरहेको छ । हेरौँ वर्तमान चुनाबले ल्याएको राजनीति र अवस्थाको चित्रण :
बाहिर बाहुबल भित्र भित्र बाइबल : राजनीतिमा बाहुबलको बोलवालालाई पार्टीहरूले नै कदर र संरक्षण दिएको प्रमाण त एमालेले मनाङ्मा दिपक मनाङेर विजय गच्छदारले आफूसँगै कांग्रेसमा भित्य्राएका गणेश लामालाई काभ्रेमा उम्मेद्वार बनाएकोले विवादास्पद निर्णयले पुष्टि गर्छ । राजनीतिमा बाहुबललाई सबै पार्टीले लोकतन्त्रको अनिवार्य आवश्यकताझैँ कदर गरेका छन् । तर भित्रभित्रै क्रिश्चियन मिशन राजनीतिक दलहरू खासगरी माओवादी पार्टीभित्र घुसपैठ गरेर नेपाललाई धर्मनिरपेक्ष राज्य नै कायम गर्न षड्यन्त्र चलाई रहेको छ ।
यो सत्यमतदाताहरूले बुझेकोले धर्मनिरपेक्षता गम्भीर विवादमा परेकोबाट सचेत भएर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउबाले ‘म हिन्दु राज्यको पक्षमा छु’ भनेका हुन् । क्रिश्चियनहरूले माओवादीसहित एमाले एवं कम्युनिस्ट गठबन्धनभित्र पनि जबरजस्त पकड बनाएका छन् । आइरिश मूलका प्रसिद्ध समाजवादी साहित्यकार जर्ज बर्नार्ड शाले भनेको एउटा उक्ति नेपालमा चरितार्थ भइरहेको छ, “म एक इशाई हूँ । यसले मलाई कम्युनिष्ट हुन बाध्य बनाउँछ” (I’m a Christian; that obliges me to be a communist). यो धरातलीय यथार्थलाई आत्मसात गरेर नै होला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले एउटा चुनाबी सभामा भनेकै हुन्, “म हिन्दू राज्यको पक्षमा छु ।”
कालोधनसँग पोइल गएको राजनीति : निर्वाचन भन्दा ३ दिन अगाडिबाट ‘मौन अवधि’ शुरु हुन्छ। तर पैसामुखी निर्वाचनको भाषामा मौन अवधिलाई ‘मनीअवधि’अर्थात पैसा बाँड्ने अवधिका रुपमा बुझिन्छ । पहिलेका निर्वाचनहरू राजनीतिक मूल्यमा आधारित हुन्थे । निष्ठावान कार्यकर्ताले प्राथमिकता र कदर पाउँथे । तर आज मूल्यको राजनीति अर्कै किसिमले भइरहेको छ । मतदाताको मत किन्नएउटै उम्मेद्वारले करोडौँ रकम खर्च गरिरहेको हुन्छ ।
कांग्रेसको चौधौं महाधिवेशनको सिलसिलामा धनको ‘उल्टोगंगा’बगाईएको देख्ने चकित पर्छ । तल्लो तहदेखि नै पैसाको तुजुकमा चुनाब लड्ने र जित्ने भएपछि कालोधनको तुजुक नै निर्णायकहुने नै भयो । पार्टीमा ‘मूल्यको राजनीति’ यसरी पो स्थापित भएछ ।
घोषणापत्र होइन‘आश्वासनपत्र’ को झुटो झटारोः बोलीमा अविश्वास पराकाष्टामा पुगेको अवस्थाकाबीच भएको निर्वाचनमा घोषणापत्रको ‘खोटोसिक्का हैसियत’पनि हेर्नलायक छ । पार्टीहरूले प्रकाशित गरेका घोषणापत्र वा प्रतिबद्धतापत्रहरूलाई मतदाताहरूले ‘आश्वासनपत्र’भन्ने अर्थ लगाउन थालेका छन् । नेपालको राजनीतिमा आश्वासन भन्ने कुरा एकछिन ढाँट्न र छल्न अपनाइने हत्कण्डाका रुपमा बुझिन्छ । घोषणापत्रहरूमाथिको अविश्वास चुनाबमा देखिएको थियो । सत्तामा गएपछि कसले वास्ता गर्ने त्यो ‘झटारो’ लाई !आफ्नै पार्टी (नेपालीकाँग्रेस) को घोषणापत्रमा के के घोषणा र प्रतिबद्धता गरिएको छ, के प्रधानमन्त्री देउबा हेक्का होला? भएमा र्दिनू !
कम्युनिस्ट नेताहरू चाहँदैनन् ‘कम्युनिस्ट गठबन्धन’भन्नःएमाले, माओवादी र राष्ट्रिय जनमोर्चाले एउटा गठबन्धन बनाए।त्यसमा नेमकिपालाई पनि सामेल गर्ने उनीहरूको ठूलो प्रयास रह्यो । नेमकिपाले मानेन । आफूलाई गैरकम्युनिस्ट (पार्टी) भन्ने डा. बाबुराम भट्टराईको गैरकम्युनिस्ट नयाँ शक्ति पार्टीलाई त्यहाँ २ दिनपनि टिक्न दिइएन वा उनी टिक्न सकेनन् र बाहिरिए । कम्युनिस्ट पार्टीहरूको मात्र गठबन्धन बनाएका हुन्, तर यसलाई उनीहरू कम्युनिस्ट गठबन्धन भन्ने नामकरण गर्न चाहेनन्, ‘वाम गठबन्धन’रे ।सबै कम्युनिस्टहरू वामपन्थी हुनसक्छन्, तर सबै वामपन्थी कम्युनिस्ट हुँदैनन् । कम्युनिस्ट गठबन्धनचाहिँ गर्ने तर त्यसलाई त्यही नाम दिन नमान्ने कम्युनिस्ट नेताहरूको नियत रहस्यमय र कुटिल देखियो ।
सीआईए का पूर्व डाइरेक्टर विलियम कोल्बीले आफ्नो संस्मरण ‘माई डेज इन द सीआईए’ (सीआईएमा मेरा दिनहरू) मा लेखेका छन् “हामीले शीतयुद्धको अवधिमा संसारभरि कम्युनिस्ट पार्टीहरू बनाउँदै गयौँ । म सेवानिवृत्त हुने बेला सम्ममा यो संख्या आठ सय पुगिसकेको थियो ।” अब हामीआफै अर्थ बुझौँ कम्युनिस्ट गठबन्धन बनाउने तर त्यसलाई त्यहीनामले चिनिन नचाहने नेपालका कम्युनिस्ट नेताहरूको असली पहिचान, चरित्र र ध्येय केहो ?‘राज’ का निम्ति ‘नीति’त्यागको अवसरवादी ‘राजनीति’ ।परिवार र नाता गोतालाई उम्मेद्वार बनाएका छन् । निम्त्याएका छन् परिवारवाद र अवसरवाद नारा लगाउँछन् ‘समाजवाद’को ।
‘लोक’ रोइरहेको ‘तन्त्र’हाँसिरहेको : निर्वाचनले लोकतन्त्रलाई सुनिश्चित गर्न सक्दैन, लोकतन्त्रको गर्भबाटै एकदलीय अधिनायकवाद जन्मिने खतराका देखिन्छ भने त्यस्तो लोकतन्त्रको औचित्य र उपयोगिता कहाँ ? आज यो प्रश्न उठेको छ । अफ्रिकी देश जिम्बाब्बेमा ३७ वर्ष शासन चलाएका रोबर्ट मुगाबेले तानाशाही शैली अपनाएको पराकाष्ठामा पुगेपछि सेनाले उनलाई राजिनामा गर्न बाध्य बनाएका उदाहरणद्वारा सावधान गराइएका स्वर सुनौं । प्रधानमन्त्री देउबाले नै वर्तमान संविधानको मर्ममा घात गर्ने र संविधानच्यात्ने षड्यन्त्र र सम्भावना देखिरहेका छन् । प्रधानमन्त्रीले त्यसै नसोची यो खतराको घन्टी बजाएका होइनन् । चुनाब र तनाब हो मोनिम (समवेत स्वर) मा सुनिन्छन्, सुनिरहिएकै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार