१६ मंसिर २०७८, बिहीबार

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको जीप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

प्रकाशित मिति :  ३० आश्विन २०७८, शनिबार २०:२७


३० असोज, मकवानपुर । हेटौडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा आज दिउँसो करिब ३ः ३० बजे काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो दुर्घटनामा चालकसहित १० जना घाइतेलाइ प्रहरीले उद्धार गरी चार हेटौडा अस्पतालमा, चार काठमाडौँ सानेपाको स्टार हस्पिटलमा र दुइ जना पाटन अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाटन अस्पतालमा उपचारको क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। मृतकहरुको अहिलेसम्म सनाखत भइसकेको छैन ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा