१६ मंसिर २०७८, बिहीबार

किरणको कप्तानीमा सुरुआती-११ को घोषणा

प्रकाशित मिति :  ३० आश्विन २०७८, शनिबार २१:०३


३० असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल अन्तर्गत भारतविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ घोषणा भएको छ । नेपालले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेको हो ।

खेलका लागि नेपाली टिममा तीन परिवर्तन गरिएको छ। अघिल्लो खेलमा पहिलो रोजाइमा परेका आयुष घलान र अन्जन विष्ट सुरुवाती ११ मा छैनन्। यस्तै मिडफिल्डर विशाल राई सब्सिच्युटमा छन्।

अन्जनले अघिल्ला दुई खेलमा पहेँलो कार्ड पाएका भारतविरुद्धको खेल गुमाएका हुन्। टिममा डिफेन्डर सुमन अर्याल र फवार्ड सुमन लामा समावेश छन्। मिडफिल्डर पुजन उपरकोटी टिममा फर्किएका छन्।

नेपालकी टिमको गोलकिपरमा कप्तान किरणकुमार लिम्बु छन्। डिफेन्डरमा गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल छन्। मिडफिल्डरमा रोहित चन्द, पुजन उपरकोटी र तेज तामाङ छन्। फरवार्डमा सुमन लामा, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठ छन्। प्रशिक्षकमा किरण श्रेष्ठ छन्।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा