१६ मंसिर २०७८, बिहीबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

प्रकाशित मिति :  ३० आश्विन २०७८, शनिबार २१:५८


३० असोज, काठमाडौं । बारा, जितपुरसिमरा उपमहानगरपालिका-२३ भोलहीस्थित सडकमा ना.३ ख ७५९४ नम्बरको ट्यांकरले बिआर ०६ सिक्यू ४१४१ नम्बरको कारलाई गएराति ठक्कर दिँदा कारमा सवार चालक मोतिहारी पुर्बी चम्पारन भारत घर बस्ने ३४ वर्षीय राजन सराफ सहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्यांकर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ वनढाटस्थित सडकमा ना।६ ख ७६९ नम्बरको बसले ना.५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा हेटौंडा उपमहानगरपालिका-१५ पनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र सोही उपमहानगरपालिका(३ बस्ने २२ वर्षीय सुशान्त दियाली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, बढैयाताल गाउँपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको स्कुटरको ठक्करबाट सोही ठाउँ बस्ने ७८ वर्षीया सोरावती रग्देलको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने स्कुटरको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी, खडक नगरपालिका(४ अमहास्थित सडकमा बा. ५६ प २५१५ नम्बरको मोटरसाइकल र स।५ प ८४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा हाल नाम,थर, वतन नखुलेका २ जना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सप्तऋषी अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रौतहट, दुर्गा भगवती गाउँपालिका-४ स्थित सडकमा बिआर ३० वाई ९०४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा