१६ मंसिर २०७८, बिहीबार
साफ च्याम्पियनसिप

दोस्रो हाफको सुरुवातमै भारतको नेपालविरुद्ध २ गोल

प्रकाशित मिति :  ३० आश्विन २०७८, शनिबार २२:०४


३० असाेज, काठमाडाैं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनल खेलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २-० को अग्रता लिएको छ । गोलरहित रहेको पहिलो हाफपछि भारतले दोस्रो हाफको सुरुवातमै लगातार २ गोल गरेको हो ।

खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाएका थिए । उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । लगत्तै सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । उनले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।  आजको खेलमा गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेलेका छन् । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा