१६ मंसिर २०७८, बिहीबार
ट्राफिक प्रहरी
नेपाल प्रहरी

खसी उपहार लिंदा प्रहरी निरीक्षक खड्काको सरुवा

प्रकाशित मिति :  १ कार्तिक २०७८, सोमबार ०९:०९


१ कार्तिक, काठमाडौं । आर्थिक लाभ लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्चार्ज इन्स्पेक्टर शंकर खड्कामाथि छानवीन शुरु भएको छ । दशैंको समयमा कलंक आसपासका व्यवशायीहरुसँग खसी उपहार लिएको आरोपमा उनीमाथि छानवीन थालिएको हो ।‘

प्रहरी आचारण विपरित इन्स्पेक्टर खड्काले क्रियाकलाप गरेको आरोपमा उनी माथि छानवीन शुरु भएको छ’,महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईले भने । प्रहरी स्रोतका अनुसार उनले खसी उपहार लिएको गुनासो प्रहरी प्रधान कार्यालयमा पुगेपछि महानगरिय ट्राफिक प्रहरी महाशाखाले छानवीन शुरु गरेको थियो ।

छानविनका क्रममा खड्काले खसी घुस लिएकोलगायतका आचरण बिपरितका काम गरेको पुष्टि भएको स्रोतको दावी छ । छानवीनपछि खड्का महाशाखामा तानिएपछि ट्राफिक प्रहरी प्रभाग कलंकीको नयाँ इन्चार्जमा इन्स्पेक्टर सरोज ठकुराठीलाई पठाइएको छ ।

खड्कामाथि दशैं शुरु भएपछि कलंकी यातायात ब्यवसायी संघ र त्यस क्षेत्रका पेट्रोल पम्पका संचालकसँग पैसा र खसी मागेको प्रकरणमा महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले आन्तरिक रुपमा अनुसन्धान थालेको भएपनि कारवाहीचाहि गरिएको छैन । उनले प्रहरीका माथिल्लो दर्जालाई पनि बुझाउनु पर्ने भन्दै रकम संकलन गरेका थिए ।

कलंकीदेखि नागढ्रुंगासम्मका बालुवा डिपोहरुसँग मासिक घुस संकलन गर्दै आएको आरोप इन्स्पेक्टर खड्कामाथि छ । त्यस्तै नैकाप र आसपासका क्षेत्रमा मापसे चेकिङका नाममा घुस असुलेर दुस्ख दिने गरेको भन्दै गुनासो आएको प्रहरी स्रोतको दावी छ । उनी यसअघि पनि विवादित इन्स्पेक्टरका रुपमा चिनिएका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा






तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता