सिजरबाट सिकिस्त बनेका बालकलाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार २३:५७:३४
२ कात्तिक, खोटाङ । सिजरको समस्याबाट सिकिस्त बनेका वालकलाई आर्थिक सहयोग जुटेको छ । जन्मेको केही महिनापछि नै सिजरको समस्याबाट सिकिस्त बिरामी परेका हलेसी तुवाचुङ नगरपालिका-९ सल्लेका संयोग राईको उपचारका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग जुटेको हो ।
हाल उपचारका लागि नेपाल मेडिकल कलेज काठमाडौं, जोरपाटीमा राखिएका बालकको उपचारका लागि खोटाङ सेवा समाज काठमाडौंका अध्यक्ष राकेश राईको पहलमा सहयोग जुटेको हो । समाजका अध्यक्ष राई र समाजसेवी दीर्घ राईले अस्पतालमै पुगेर पाँचरपाँच हजार रुपैयाँ संयोगका बुबा शैलेश र आमा ख्यामला राईलाई हस्तान्तरण गरेका छन् ।
गम्भीर बिरामी परेका संयोगलाई १३ असोजमा अस्पताल भर्ना गरिएको थियो । भर्नालगत्तै १३ दिन भेन्टिलेटरमा र त्यसपछि आईसीयूमा सारिएका बालकलाई मंगलबार सामान्य बेडमा सार्ने तयारी गरिएको छ ।
बालकको उपचारका क्रममा तीन लाख रुपैयाँको हाराहारीमा खर्च भइसकेको छ । सिजरबाट बिरामी परेका बालकको उपचारका क्रममा आर्थिक समस्या भएको जानकारी भएपछि सहयोग गरिएको समाजका अध्यक्ष राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार