कांग्रेस अब किसानका समस्या तर्फ मोडिन जरुरी छ !
यज्ञप्रसाद भट्टराई
कात्तिक २, २०७८ बुधबार १:३५:९
बडादशैंको शुभकामना आदानप्रदान समेत नसकिदैं नेपाली जनताले भोग्नुपरेको प्राकृतिक बिपतीको कहालिलाग्दो अवस्थाले आज सबै नेपालीको मन रुवाएको छ । निधारमा लगाएको रातो अक्षताको टिका झर्न नपाउँदै शुरु भएको लगातारको झरी र त्यसबाट गएको बाढी, पहिरो र प्राकृतिक वितण्डाले कुन नेपालीको मन नरोएको होना र ?
लगातारको हावाहुरी सहितको मुसलधारे बर्षाले मच्चाएको बितण्डा र पुर्याएको मानवीय क्षतिको समाचारहरुले अहिले मुलुक भरि र मुलुक बाहिर समेत सनसनी फैलाएको छ । कतै बाढी पहिरो त कतै डुवानका कारण चाडवाडका मुखैमा नेपालीहरुमा कतै घरवार गुमाउनु परेको छ भने कतै आफन्त समेत गुमाउनु परेको छ । किसानले लगाएको धान तथा अन्न बाली सखाप भएसँगै गहिरो शोकमा डुबाएको मात्र छैन रुवाबासी नै चलाएको छ ।
मानो रोपेर मुरी भित्र्याउने खुसियालीमा रहेका लाखौ नेपाली किसानहरु अहिले आफुले लगाएको बाली तर्फ फर्किएर हेर्न समेत नसक्ने अवस्थामा आईपुगेका छन् । किसानले अत्यन्तै दुस्ख र मेहनतका साथ लगाएको, मलजल र गोडमेल गरेर भित्र्याउन ठिक्क पारेको बाली प्रकृतिको क्रुर आक्रमणमा परेको छ । लगाएको बाली उठाउनै नसक्ने अवस्थामा पुग्दा कस्को पो मन रुदैन र ? बालबालिकाको मलिन अनुहारमा पर्न सक्ने भोलिको कहालिलाग्दो भोकमरीको पुर्वानुमानले कसलाई पो भावबिव्हल बनाउदैन र ?
बिभिन्न बित्तिय संस्था, सहकारीरलघुवित्त, लगायत आफन्तजनहरुको महङ्गो र चर्को ब्याजदरमा कर्जा लिएर परिवारको भरण पोषण गर्नका लागि लगाईएको बाली सखाप भएसँगै अहिले सिङ्गो किसान दोहोरो मारमा परिरहेको देखिदैछ । आउने बर्षभरी अब कसरि खाद्यान्नको जोहो गर्ने भन्ने चिन्ता त छदैछ, अब लिईएको कर्जा कसरी चुक्ता गर्ने ? भन्ने अर्को चिन्ताले सताएको देखिन्छ ।
सरकारले कृषि क्षेत्रमा देशकै ठुलो रकम विनियोजन गरेको छ । किसानका नाममा कमाई गर्ने ठुलाठुला ब्यक्ति र संघसंस्थाले अब किसानको समस्या तर्फ नजर लगाउनु पर्ने बेला आएको छ । कांग्रेस भनेकै किसान र मजदुरको पार्टी हो भनेर घोक्रो सुक्नेगरी भाषण गर्ने नेताहरूको ध्यान अब किसानका समस्या तर्फ मोडिन जरुरी छ ।
यस्तो बिषम परिस्थितिमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु जुवातासको खालमा र भट्टी पसलमा हैन किसानका साथमा हुनुपर्छ, किसानका पिडामा हरेक कांग्रेसको मन रुनु पर्छ । बास्तवमा विपत्तिको यो बिषम परिस्थितिमा कांग्रेससँगै छ भन्ने विश्वास हरेक किसानले लिएको हुनुपर्छ ।
त्यसैले अहिले समग्रमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले अब समग्र किसानले भोग्नु परिरहेको प्राकृतिक विपत्ति प्रति कस्तो उदारता देखाउने हो ? नेपाली कांग्रेसको अग्नि परीक्षाको घडी शुरुभएको छ । सिङ्गो देशको ध्यान अब समग्र किसानका समस्या तर्फ मोडदै सरकारले किसानका पक्षमा गतिलो राहत र क्षतिपूर्तिको कार्यक्रम तत्काल ल्याउन जरुरी छ ।
सिङ्गो मुलुकभरी किसानले लगाएको बालीनाली सखाप भएपछि अब के खाने ? भन्ने चिन्ता र समस्यामा परेका तमाम किसानको पक्षमा सरकारले ठुलो छाति गर्न सक्यो भने आम किसान बर्गको साथ, सहयोग र सहानुभूति नेपाली कांग्रेस तर्फ मोडिने छ । नत्र यहि प्राकृतिक बिपत्ति नै भोलिका दिनमा नेपाली कांग्रेसका लागि गलपासो साबित नहोला भन्न सकिदैन ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपकम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
जब चिनी तीतो हुन्छ: डा. अरुणा उप्रेती
चैत १२, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार