साधना लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन
नेपालबहस संवाददाता
कात्तिक ३, २०७८ बुधबार १६:३३:३७
३ कात्तिक, काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ। लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
समायोजनपश्चात लघुवित्तको सेयर मूल्य १ हजार ४१५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार अर्थात् मंगलबारको मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो।
लघुवित्तले १३ कात्तिकमा होटल गोरखा बिसौनी, गोरखामा पाँचौँ वार्षिक साधारणसभा डाकेको छ। सभा बिहान ११ बजे आयोजना हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण गर्ने प्रस्ताव पेस हुनेछ । अन्य कुनै उपयुक्त लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।
त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ४ सञ्चालकहरुको निर्वाचन गर्ने लगायतको एजेण्डा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
चैत १४, २०८० बुधबार
आरम्भ चौतारी लघुवित्तको कहिले बस्दैछ साधारणसभा ?
चैत १४, २०८० बुधबार
सपोर्ट लघुवित्तले बोनस शेयर दिने, पुनः दोस्रोपटक साधारणसभा आह्वान
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार